बागलुङ, २०७४ पुस ११ । काठेखोला गाउँपालिका वडा नम्बर ७ मा सोमबार आयोजित नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर एकका सांसद डा. सुर्य पाठकले शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रभावकारी नीति निर्माण संगै आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि आफूले काम गर्ने बताएका छन् । उनले काठेखोला गाउपालिकाको रेशलाई बाम पन्थीको नमुना गाउको रुपमा विकास गर्ने समेत बताए ।
यस्तै क्षेत्र नम्बर १ प्रदेश सभा क का सांसद इन्द्रलाल सापकोटाले स्थीर सरकारले मात्र देशमा आर्थिक विकास, सामाजिक रुपान्तरण गर्न सक्ने बताउदै समृद्धिको अभियानमा सबै एक जुट हुनु पर्ने धारण राखेका थिए ।
काठेखोला गाउपालिका वठा नम्बर ७ को नुन्थवामा आयोजीत कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य यज्ञवल्लव शर्मा, नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य राम बहादुर जि.सी., वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछाने, क्षेत्रीय पूर्व कमिटिका पूर्व अध्यक्ष डील वहादुर कार्की, काठेखोला गाउँकार्यपालिका सदस्य शारदा थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका डील बहादुर कार्की लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा एमाले रेशका अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षता, क्षेत्रिय सचिवालय हरि वहादुर कुंवरको स्वागत तथा एमाले रेशका सचिव भूमिराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै रेशकै तिङरिङमा आयोजित कार्यक्रममा पनि नव निर्वार्चित सांसदहरुलार्य बधाई तथा स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा निर्वाचित द्वय सांसद डां पाठक तथा सापकोटाले जनताको भलोका लागि जस्तो सुकै संघर्ष पूर्ण काम गर्न आफू तयार रहेको वताए ।
कार्यक्रममा माओवादी केन्द्रका यज्ञवल्व शर्मा, एमाले केन्द्रिय सहकारी विभागका सदस्य राम बहादुर जि.सी., डिल बहादुर कार्की, ओम बहादुर थापा, सारदा थापा, मुक्ति राम थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाले रेशका अध्यक्ष कृष्ण वहादुर कार्कीको अध्यक्षता, लोक वहादुर श्रीसको स्वागत तथा हरिलाल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।