सुमन जि.सी. बागलुङ, २०७३ माघ २० । धनकुटा स्थित सल्भ नेपाल संस्थाका कार्यसमिति तथा व्यवस्थापनको टोलीद्धारा बिहीवार बागलुङमा रहेको चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रमको स्थलगत अवलोकन भएको छ ।
संस्थाले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रम सञ्चालन प्रकृया, लघुवित्त कार्यक्रममा देखिएका समस्या, चुनौती र अवसरहरु, संस्थाको नीतिगत संरचना, कार्यालय व्यवस्थापन, मानव शंसाधन व्यवस्थापन लगाएतका विषयमा अवलोकनका क्रममा छलफल तथा अन्तरकृया भएको थियो ।
अन्तरकृयाका क्रममा वोल्दै सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कार्यक्रमले ग्रामीण क्षेत्रमा रहेका केही गर्छु भन्ने आँट भएका तर पुँजीको अभाव भएका महिला दीदीवहिनी तथा दाजुभाईहरुलाई आयआर्जन र उद्यमहरुमा संलग्न गराई आत्मनिर्भरताको बाटोतर्फ अग्रसर गराईरहेको बताए । पौडेलले लघुवित्त सञ्चालन गर्नै संस्थाहरु धैरै भएकाले सदस्यहरुको दोहोरोपनाले गर्दा लघुवित्तमा हाल समस्या सिर्जना भईराखेकाले यसलाई समाधानका लागि सदस्यहरुवाट बचत संकलन र ऋण लगानीको मात्र कार्य नगरी सामाजिक सुरक्षा र मानवीय समवेदना जस्ता गैर वित्तीय सेवाहरु सञ्चालन गनुपर्ने धारणा राखेका थिए ।
अन्तरकृयामा सल्भ नेपालले सञ्चालन गरेको लघुवित्त कार्यक्रमको वारेमा संस्थाका नायव कार्यकारी निर्देशक जेपी भुजेलले जानकारी गराएका थिए । ३० जनाको उपस्थिीती रहेको अन्तरकृया कार्यक्रम सिवाईसी साकोसका प्रवन्धक नवराज शर्माले गरेका थिए ।