Sorry, that menu does not exist.
 

धवलागिरी बहिरा आवासीय माबिका बिद्यार्थीलाई शैक्षिक सामग्री एवं कपडा सहयोग

कोपिला कंडेल बागलुङ २०७४ पुस १२ । मिनरभा एजुकेशनल फाउण्डेशनको सहयोग एबं धौलागिरी बहिरा आवासीय माबि रामरेखा बागलुङ्गले कक्षा १ देखी डिप्लोमा कम्प्युटर ईञ्जिनियरिङ्गमा अध्यनरत बहिरा बिद्यार्थीका लागि शैक्षिक सामग्री एबं न्यानो कपडा बितरण गरेको छ ।

बिद्यालयले मिनरभा एजुकेशन फाउण्डेशनको सहयोगमा बिद्यालयमा अध्यनरत २ सय ३१ जना बहिरा बिद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङ्गका संयोजक राजेन्द्र ढु्ङ्गानाले यस्ताखाले शैक्षिक सामग्रीले बिद्यार्थीको मनोबल उच्च राख्न मदत मिल्ने बताए ।

उनले बिद्यालयका संस्थापक केबीराना मगरले राज्यको लगानी बिना बहिरा बिद्यालय स्थापना गरेर सहा्निय कार्य गरेको भन्दै आगामी दिनमा बिद्यालयको ब्यवस्थापन र बिकासका लागि सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । रानाले जिल्लामा बहिरा बिद्यालय स्थापना गरेर फरक क्षेमता भएका लागि राज्यको मुलधारमा ल्याउनु गौरबको बिषय भएको दाबी समेत गरे ।

सोे अवसरमा मिनरभा एडुकेशन फाउण्डेशनका आश्विनी आचार्य, मनिका पौडेल, महिला तथा बालबालिका कार्यालयका प्रमुख डिल कुमारी शर्मा, नेकपा एमालेका नगर कमिटिका अध्यक्ष गोबिन्द गौतम, बिद्यालयका पुर्ब प्रधानाध्यापक बसन्त जंङ्ग राजभण्डारी र नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा हामी सबैको रहर पत्रकार महासघंका. साझा घर अभियान अन्र्तगत महासघंको भवन निर्माणका लागि धौलागिरी आवासीय माबिले रु. २५ हजार ५ सय ५५ रुपया महासघंका अध्यक्ष शिरिषलाई हस्तान्त्रण गरेको थियो ।

त्यसैगरी बिद्यालयका संस्थापक केबी राना मगरले ब्याक्तिगत रुपमा १० हजार, बिद्यालयका सम्पुर्ण शिक्षकका तर्फबाट ७ हजार र धौलागिरी बिहु भण्डारण तर्फबाट नगद रु. ५ हजार रुपया महासघंको भवन निर्माणका लागि सहयोग उपलब्ध भएको छ । सो रकम शाखा अध्यक्ष शिरिषलाई हस्तान्त्रण गरिएको थियो ।

कार्यक्रम धौलागिरी आवसिय बहिरा माध्यमिक बिद्यालयका संस्थापक केबी राना मगरको अध्यक्षता, प्रधानाध्यापक मधुसुधन निउरेको स्वागत मन्तब्य र शिक्षक नबिन शिसिर बिकको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply