Sorry, that menu does not exist.
 

पाँचौ बागलुङ महोत्सव सुरु : स्वदेशमा लगानी भित्राउन विदेशमा रहेका नेपाली उत्साहित – भट्ट

किरण आचार्य/कोपिला कँडेल, बागलुङ २०७४ पुस १४ । गैरआवासीय नेपाली सघं (एनआरएन)का अध्यक्ष भवन भट्टले नेपालमा प्रयाप्त लगानी भित्राउन बिदेशमा रहेको नेपालीहरु उत्साहित रहेको बताएका छन् ।

कला संस्कृतिको संरक्षण कृषि,पर्यटन उद्योग तथा व्यापारको प्रवद्र्धन प्रदेश नं.४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा पाचौं बागलुङ महोत्सव २०७४ को उद्घाटन गर्दै उनले बिदेशी लगानी स्वदेशमा भित्राउनको लागि सरकार,निजी क्षेत्र र बित्तिय एक भएर लाग्नुपर्ने बताएका हुन् ।
नेपालीहरु आफुले जिम्मेवार बनेर काम गर्नु भन्दापनि यो वा त्यो तरिकाले राज्यलाई दोष दिने गरेको चर्चा गर्दै एनआरएनका अध्यक्ष भट्टले नेपालको पहिचान सहितको गुणस्तरिय उत्पादन नभएकाले अन्र्तराष्ट्रिय समुदायले विश्वास गर्न नसकेको बताए ।

नेपाललाई सुन्दर र हराभरा बनाउनका लागि अन्र्तराष्ट्रिय समुदाय बाट शिक्षा लिनुपर्दछ, भन्दै भट्टले अरुलाई गाली गर्नुभन्दा आफै लगनशील भएर काम गर्न सक्यौ भने मुलुकको सम्मृद्धि सम्भव रहेको बताए ।

देशभरका बिभिन्न स्थानमा लगानी गर्दै आएको अवस्थामा बागलुङमा थप लगानीको स्रोत रहेको हुदा उद्योगी यापारीसग सहकार्य गरी अगाडि बढने भट्टको भनाई छ । स्वदेशमा नै रोजगारीको सम्भावन प्रशस्त रहेको अवस्थामा सरकारले यसमा चासो देखाउनुपर्ने उनले बताए ।

कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य पाठक, माओबादी केन्द्रका नेता एवं बागलुङ क्षेत्र न २ का सांसद देबेन्द्र पौडेल, प्रदेशसभा सदस्यहरु इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय उपाध्यक्ष चन्द्र ढकाल, प्रमोद श्रेष्ठ, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, जैमुनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय लगायतले मन्तव्य दिएका थिए ।

महोत्सवमा बागलुङ जिल्लाका विभिन्न जातजाती, भेषभुषा, शिक्षक, विद्यार्थी, धार्मिक संघसंस्था संगै विभिन्न झाँकीहरुका साथमा बजार परिक्रमा गरिएको थियो ।

कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा २० करोड भन्दा बढीको कारोवार हुने आँकलन गरिएको छ । ८० लाख खर्च हुने र १ करोड बराबरको आम्दानी गर्ने लक्ष्य रहेको अध्यक्ष जयराम भारीले बताउनभुयो । महोत्वसमा थप आर्कषित गर्न ७५ हजार राशीको खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको खुल्ला पुरुष भलिबल, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्धारा सांगितिक कार्यक्रम राखिएको छ ।

महोत्सवमा नयाँ बिशेष अभियानको रुपमा महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सदरमुकाम नजिकै रहेको प्रसिद्ध कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, होम–स्टे गाउँ भकुण्डे लगायतका पर्यटकीय सम्भावना बोकेका स्थानमा सहज र सुलभ रुपमा घुम्ने घुमाउने व्यवस्था समेत मिलाईएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रदर्शनी, बिभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला मुख्य केन्द्रबिदु रहेको छ । त्यसैगरि मेलामा डिजे लाइभ कन्सर्ट, लाइट हेलीबाट पर्यटकीय स्थलहरुको अवलोकन, ऊट नाँच थप आकर्षणको रुपमा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply