मेघराज रिष्मेली, जापान २०७४ पुस १५ । नेपालबाट रोजगार को शिलशिलामा जापान आएका नेपालीहरूको साझा संगठन जापान नेपाली एकता समाज कोूूतपाईहरूको सहयोगी हात (जापान नेपाली एकता समाजको साथूू भन्ने मुल नारा सहित प्रथम सम्मेलन भोलि डिसेम्बर घज्ञ तारि खजापानको ओसाकामा उद्घाटन गरि जनवरी ज्ञ तारिक टोकियोमा पत्रकार सम्मेलन गरेर सम्पन्न हुदै छ ।
त्यस सम्मेलनको लागि जापानमा विभिन्न पेषामा छरिएर रहेका नेपालीहरूलाई उक्त प्रथम राष्ट्रिय सम्मेलन भव्य एंव सभ्य रूपमा सम्पन्न गर्नको लागि सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थिति को लागि हार्दिक अनुरोध गरेको छ र यो समाज नितान्त नेपाली र नेपालीहरूको हक हित गर्नमा तत्पर्ताको लागि स्थापना भएको यस समाजका तयारी समिति सदस्य भिम के सी ले जानकारी दिएका छन् ।
नयाँ वर्ष २०१८ को शुभकामना आदान प्रदानको साथै सास्कृतिक कार्यक्रम पनि रहेको सदस्य के सी ले बताए ।
उक्त कार्यक्रम गरि बचत भएको रकम जापानमा नेपालीहरूलाई भैपरि आउने समस्या आपतकालीन राहत सहयोगार्थ खर्च गरिने सदस्य के सीले इबागलुङ डट कमलाई जानकारी दिए ।
नयाँ वर्षको सास्कृतिक कार्यक्रम डिसेम्बर ३१ मा ओसाका र जनवरी १ मा टोकियो गर्ने निर्णय भएको छ । त्यस कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय र जनवादी कलाकार त्रय गायक राम्जी खाँड जनवादी गायक हेमराज आश्रम र लोक दोहोरी गायिका श्रृष्टी पुन साथमा स्थानीय कलाकार संगै नौमती बाजाको साथमा कार्यक्रमर प्रथम सम्मेलनको लागि राष्ट्रिय जनमोर्चाका काठमाडौँ इन्चार्ज एंव विदेश विभाग प्रमुख आनन्द शर्मा द्वारा उद्घाटन हुने र कलाकार टिम जापान ओसाका आइसकेको जापान नेपाली एकता समाजका तयारी समितिका अध्यक्ष यमलाल सापकोटा ९अर्जुन०ले जानकारी दिए।