झरना कँडेल, बुर्तिवाङ २०७४ पुस १६ । बुर्तिर्वाङ प्राथमिक स्वास्थ्य केन्द्रमा व्यापक लापर्बाही हुने गरेको रहस्य खुलेको छ ।
ढोरपाटन नगरपालिकाका उप प्रमुख करमती पुनको नेतृत्वमा गएको तीन सदस्यीय टोलीले आज स्वास्थ्य केन्द्रमा निरीक्षण गर्दा केन्द्रमा व्यापक प्रशासनिक लापर्बाही भैरहेको पनि तथ्य सार्वजनिक भएको छ ।
छड्के अनुगमनमा ढोरपाटन नगरपालिका-१ का अध्यक्ष चित्रबहादुर भण्डारी तथा कार्यकारी अधिकृत रामप्रसाद आचार्यको सहभागिता रहेको थियो ।
छड्के अनुगमनमा केन्द्रमा कार्यरत कर्मचारीहरु बिना स्वीकृति बिदामा बसेको, बिदामा बसेका कर्मचारीहरुले पनि हाँजिरी पुस्तिकामा आज सम्मको हाजिरी गरेको, आफु खुसी तालीममा गएको भेट्टिएको बताईएको छ ।
स्वास्थ्य केन्द्रका प्रमुख डा सुनिल कुमार जयसवाल दुई महिनाको बिदा लिएर हिँडेका छन् तर उनको बिदा स्वीकृत नभएको स्वास्थ्य केन्द्र श्रोतले जनाएको छ ।
कार्यकारी अधिकृत आचार्यले जिल्ला स्वास्थ्य कार्यालयमा फोनबाट सोध्द बिदा स्वीकृत गरिएको जानकारी दिईएपनि स्वीकृतिको जानकारी यस स्वास्थ्य केन्द्रमा नआएको बुझिएको छ ।
बिहान साढे १० बजेको समयमा गरिएकेो छड्के अनुगमनमा कर्मचारीको हाजीरी चेक गर्दा कोही कर्मचारी बिदामा बसेको तर हाजीर आज सम्मकै गरिएको , १ जना तालीममा गएको तर निबेदन स्वीकृत नगराएको तथा ३ जना बिना स्वीकृती नै बिदामा बसेको पाईएको कार्यकारी अधिकृत आचार्यले जानकारी दिए ।
अनुगमन पछी उपप्रमुख पुनले स्वाथ्य केन्द्र भनेको आफैमा संबेदनशील संस्था भएकाले केन्द्रमा कार्यरत कर्मचारीलाई अब आयन्द यस्तो लापर्बाही नगर्न चेतावनी दिँदै थप संबेदनशील भएर काम गर्नुपर्ने बताईन् ।
उनले आज छड्के अनुगमनमा भेटिएका कमजोरीलाई सच्याई आउदा दिनहरुमा सेवाग्राहीहरुलाई उत्कृष्ठ सेवा दिन आग्रह समेत गरिन् ।
बिकास समितीबाट नगरपालिकामा स्थानान्तरित भएपछिको यो पहिलो अनुगमन भएके नगरपालीकाका कार्यकारी अधिकृत आचार्यले बताए ।