Sorry, that menu does not exist.
 

लागु औषध न्युनीकरण गर्न स्थानीयहरुको पहल महत्वपूर्ण: प्रजिअ पाण्डे

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ २० । आदर्श संचार सहकारी संथाले दुव्र्यसन विरुद्ध आमाहहरु अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ।
सहकारी संस्थाले दुव्र्यसन न्युनीकरण गर्न आयोजना गरेको अन्तरत्रिmया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले लागु औषध न्युनीकरण गर्न स्थानीयहरुको पहल महत्वपुर्ण हुने र न्युनीकरणको लागी महिला पुरुष समान तरिकाले लाग्नु पर्ने बताए ।


अन्तरक्रियामा अर्का वक्ता प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले दव्र्यसनलाई न्यूनीकरण गर्न स्थानीय समुदायले प्रहरीलाई परिचालन गर्नुपर्ने बताउदै कसैले यात्रा गर्दा कसैको सामग्री राख्न वा केही समय राखी दिन र लगीदिन भनेमा राम्रो संग बुझेरमात्र सहयोग गर्न अनुरोध गरेका थिए । त्येसैगरी सहकारी संथाको सल्लाहाकार मन कुमारी के सीले समाज रुपान्तरणको कणधारहरु आजका बालक भोलिका युवा भएकाले उनीहरुले समाजलाई बदल्नको निम्ती सक्षम बनाउन लागु औषध देखी सजक गराउनु पर्ने बताईन् । आमाहरुले आफ्नो छोराछोरी संग गभैदेखीनै उनीहरुको स्वास्थमा ख्याल राख्नु पर्ने उनको भनाई थियो ।


कार्यक्रममा आर्दश संचार सहकारीको बारेमा सहकारीका सम्पादक राम बहादुर जिसीले प्रकाश पारेका थिए ।

कार्यक्रमको शुभकामना मनत्व्य नेकपा एमालेका सचिव लाल बहादुर थापा राप्रपा बागलुङका शैलेन्द्र कुमार श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका सचिव दिल शिरीष, सामुदायीक सुचना केन्द्र रामरेखाका दुर्गा आचार्य, लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रम आर्दश संचार सहकारी संस्थाका अध्यक्ष अम्बर बहादुर थापाको अध्यक्षता उपाध्यक्ष हुमाकुमारी जिसी अन्जुको स्वागत र सचिव प्रेम लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply