Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकाद्वारा टारिखेत-अर्नाकोट जोड्ने मोटरबाटोको अनुगमन

सुमन सुनार, बुर्तिबाङ २०७४ पुस १७ । ढोरपाटन नगरपालिका केहि दिन देखी आफना मातहतका निकायहरुको अनुगमनमा लागेको छ । प्रधानाध्यापक पदको बिबादमा रुमलिएको उत्तरगंगा माविको अनुगमन पछी अस्तिमात्रै बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेको नगरपालिकाको टोलीले आजमात्रै वडा नं. २ को टारिखेतदेखि अर्नाकोट जोड्ने मोटरबाटोको अनुगमन गरेको छ ।

नगरपालिकाले विनियोजन गरेको रु ९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको उक्त योजनाको उपप्रमुख करमती पुनमगरसहितको अनुगमन टोलीले अनुगमन गरेको हो ।

अनुगमन पछि ढोरपाटन नगरपालिकाका प्राविधिक जुद्धबहादुर पुनले निर्माण सम्पन्न गरिएको उक्त सडकखण्ड प्राविधिक रुपमा राम्रो भएको प्रतिक्रिया दिए । गत मंसिर १३ देखि २७ गतेसम्म २ हप्ता लगाएर उक्त सडक निर्माण सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । योजना सम्पन्न भएपछि अर्नाकोटका स्थानीयहरुलाई बुर्तिबाङसम्म आवतजावतमा सहज हुने उनको भनाई छ ।

अनुगमन टोलीमा नगर उपप्रमुख पुनमगरका साथै नगरपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, योजना शाखाका प्रमुख चण्डीप्रसाद शर्मा, प्राविधिक जुद्धबहादुर पुन, वडा नंं. २ का अध्यक्ष युवराज महत र वडा नं. ६ का अध्यक्ष जीवनकुमार पुनको सहभागीता रहेको थियो ।

आर्थिक बर्ष २०७४÷७५ मा नगरपालिकाबाट विनियोजीत बजेटबाट सम्पन्न गरिएका योजनाहरुको अनुगमनलाई नगरपालिकाको तर्फबाट तिब्रता दिइने प्रशासकीय अधिकृत आचार्यले बताए । अहिलेसम्म कतिपय योजना सम्पन्न भैसकेका र कतिपय योजना निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । जेष्ठ महिनासम्म सबै योजनाहरु सम्पन्न गर्ने लक्ष नगरपालिकाले राखेको उप्रमुख करमति पुनमगरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply