कोपिला कंडेल, बागलुङ २०७४ पुस १७ । बिद्यामन्दिर पुस्तकालय बागलुङले आज एक समारोहका बिच नवनिर्वाचित प्रतिनिधी सभाका सदस्यलाई स्वागत एबं बधाई ज्ञापन गरेको छ । पुस्तकालयले प्रतिनिधी सभामा नव निर्वाचित सदस्य डा. सुर्य पाठक र प्रदेश सभा सदस्य ईन्द्रलाल साप्कोटालाई स्वागत गरेको हो ।
सो अवसरमा बोल्दै नवनिर्वाचित प्रतिनिधी सभाका सदस्य डा. पाठकले मुलुकको बिकासका लागि नितिगत सुधार गर्नुपर्ने बताउदै स्पष्ट कार्ययोजना र नितीगत कमजोरीका कारण बागलुङ जिल्ला पछाडी परेको हो ।
सांसद भनेको संसद बिकास कोषको पैसा बाढ्ने ब्यक्ति हो भन्ने सर्वसाधारणमा भ्रम परेको चर्चा गर्दै पाठकले जनताका प्रतिनिधीले बिकासका लागि छलफल, स्ष्ष्ट कार्ययोजना र नितिगत बिकासमा जोड दिनु पर्ने बताए ।
त्यसैगरी प्रदेश शभाका सांसद ईन्द्रलाल साप्कोटाले जिल्लाको सम्मृद्धिका लागि बिकासको पहिलो आधार पहिचान गर्नुपर्ने बताउदै कृषि पर्यटन उद्योग र जलश्रोत बारे बिशेष सम्भावनाबारे छलफल गरी स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिए । बिगतमा नेतृत्व बर्गले काम भन्दा जनतालाई धेरै आश्वासन बाढ्ने गरेकाले नेतृत्व प्रति जनतको विश्वास कम हुदै गएको भन्दै प्रदेश सांसद साप्कोटाले बिकासका पुर्बाधार निर्माणका लागि सबै संग छलफल र समन्वय गरेर अगाडी बढ्नेमा जोड दिए । उनले प्रादेशिक रुपमै जिल्लाको पहिचान बढाउन सफल बिद्यामन्दिर पुस्तकालयका लागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटा, पुस्तकालयका सदस्य एबं बागलुङ्ग नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुबेदी र पुस्तकालयका सल्लाहकार एबं उपभोक्ता मंञ्च बागलुङ्गका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले बधाई मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता र सचिव उपाध्यक्ष राम प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।