शव्द/चित्र : झरना कँडेल, बुर्तिवाङ २०७४ पुस १८ । हिँजो मध्यराति ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ बजारमा भएको आगलागीबाट झण्डै बुर्तिवजार नै आगलागीको चपेटामा परेन । स्थानीय बजारवासी र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा लिईएकोले थप नोक्सानी हुन पाएन । तैपनि दुई घर जलेर खरानी भए भने झण्डै २ करोडको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
एक्कासी भएको आगलागीले बुर्तिवाङ बजारवासीलाई त्रसित त बनायो नै भविष्यमा हुन सक्ने यस्तै दैवीघटनाहरु प्रति सजग समेत गरायो ।
आगलागी, समय मै नियन्त्रणमा लिन नसकिएको भए अहिले बुर्तिवाङ बजारको कस्तो रुपमा देखिने थियो होला ? भन्ने कल्पना सम्मले कहाली लाग्छ । यहाँ प्रस्तुत गरिएका तस्वीरहरुले यसै कुरालाई ईंगित गरेको छ । आगलागी समय मै नियन्त्रणमा लिनालेनै बुर्तिवाङ बजारलाई ठुलो दुर्घटना हुनबाट जोगाउन सकिएको हो ।