Sorry, that menu does not exist.
 

जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न : अध्यक्षमा सापकोटा चयन

मेघराज रिष्मेली, जापान, २०७४ पुस १८ । मंगलवार जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन डिसेम्बर ३१ २०१७ मा ओसाका र जनवरी १, २०१८ टोकियोमा सम्पन्न भयो । ओसाकाको कार्यक्रममा यमलाल सापकोटाको अध्यक्षता आनन्द शर्माको प्रमुख आथित्यता हेमलाल गौतमको स्वागत मन्तव्य मान बहादुर थापाले शुभकामना मन्तव्य र तुफान के सी को सञ्चालनमा सम्पन्न भएको थियो ।

साँस्कृतिक कार्यक्रममा लोक गायक राम्जी खाँड गायिका श्रृष्टि पुन जनवादी गायक हेमराज आश्रम र स्थानीय कलाकारको साथमा नौमति बाजाले सयौं दर्शकलाई मनोरञ्जन दिएर हल गुञ्जयमान गराएका थिए । उक्त कार्यक्रमको सन्चालन रक्तिम अभियान जापानका अध्यक्ष सचित्र के सी ले गरेका थिए ।

केन्द्रीय समिति जापान नेपाली एकता समाज अध्यक्षस् यामलाल सापकोटा उपाध्यक्षस् भिम केसी महासचिवस् तेजेन्द्र छेत्री कोषाध्यक्षस् केशव सापकोटा सदस्यस् विष्णु के।सी। शिव पौडेल हेमलाल गौतम कमल कार्की बिसाल के।सी। तुफान के।सी। भिम काउचा गोपाल सापकोटा मिलन शर्मा सदस्य २ रिक्त बैकल्पिक सदस्य रिक्त २ रहेको जनाईएको छ ।

कार्यक्रममा प्रस्तुत धन्यवाद बक्तव्य यस प्रकार छ

जापान नेपाली एकता समाजको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनमा उपस्थित प्रमुख अतिथिज्यु, विभिन्न संघ संस्थाबाट पाल्नु हुने अतिथिहरु,नेपालबाट आउनु भएका अतिथी कलाकारहरु, रक्तिम सांस्कृतिक अभियान जापानका कलाकारहरु, प्रतिनिधी,पर्यवेक्षक एंव सहभागी सम्पुर्ण दर्शकजनहरु १ सर्व प्रथम त यहांहरु सम्पुर्णमा हामी हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौं । तपाई हामी सबैको साझा प्रयत्नबाट आज हामी जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न गर्न सफल भएको छ। प्रथम राष्ट्रिय सम्मेलन सफल पार्न महत्वपूर्ण योगदान पुर्याउनुहुने तपाइहरु सम्पूर्णमा हामी आयोजक समितीको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौं । जापान नेपाली एकता समाज नेपाल बाट जापान आइ विभिन्न पेशा व्यवसाय, रोजगार र अध्ययनमा संलग्न रहनु भएका सम्पूर्ण नेपालीहरुको अभिभावकिय सामाजिक संगठन हो, उनिहरुको भरपर्दो सारथी वन्दै गइरहेको छ । भरखरै सम्पन्न ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनले जापानमा क्रियासिल सम्पुर्ण नेपालीहरुलाई एकताको सुत्रमा वाध्न महन्वपुर्ण भुमिका निर्वाह गरेको हामीले महसुस गरेका छौं । हाम्रो सम्मेलन सफलताको कामना गर्दै नेपाल तथा विदेशमा क्रियासिल विभिन्न संगठनहरुवाट हामीलाई शुभकामना पत्रहरु प्राप्त भएका थिए । हाम्रो सम्मेलनको सफलताको कामना गर्नु हुने सम्पुर्ण संघ संस्थाहरु प्रति पनि हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं । नेपाल सम्वृद्ध भए मात्र नेपालीहरु संसारको जुन कुनामा रहे पनि सुखी रहन सक्नेछन भन्ने तथ्यलाइ आत्मसाथ गर्दै सदा अघि वढिरहने प्रतिवद्धता पनि हामी यो अवसरमा व्यक्त गर्न चाहान्छौं । यसर्थ आगामी दिनमा पनि जापान नेपाली एकता समाजले नेपालमा चल्ने जनतान्त्रीक, प्रगतिशिल तथा देशभक्तीपूर्ण आन्दोलन संगको आफ्नो सामिप्यता जारी नै राख्ने छ । हामी नेपालमा चल्ने जनतान्त्रीक आन्दोलनलाइ सहयोग गर्दै उपस्थितीका लागि पनि दृढरत रहने प्रतिवद्धता समेत जनाउन चाहान्छौ । अन्त्यमा, आगामी दिनहरुमा यहाँहरुको न्यानो माया पाईरहने आसा र बिस्वास सहित सम्मेलन सफल पार्न आ–आफ्नो ठांउवाट महत्वपूर्ण योगदान पूर्याउनुहुने तपाईहरु सम्पूर्ण प्रति हार्दिक आभारका साथ धन्यवाद व्यक्त गर्न चाहान्छौं ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply