Sorry, that menu does not exist.
 

महिलाहरुले आफनो अधिकार सही तरिकाले प्रयोग गर्न आग्रह !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ पुस १९ । राज्यले महिलाहरुका लागी दिएको अधिकार सहि तरिकाले प्रयोग गनुपर्ने माओबादी केन्द्रका पालिटब्युरो सदस्य फमलाल न्युरेले बताएका छन् । गलकोट सामुदायिक प्रहरी सेवा केन्द्र गलकोटको आयोजना र गलकोट नगरपालिकाको आर्थिक सहयोगमा गलकोट नगरपालिका वाड नम्बर ५ मा महिला नेतृत्व बिकास तथा न्यायमा पहुँच सम्बन्धि तालीमको उदघाटन गर्दै न्युरेले यस्तो बताएका हुन् ।

उनले स्थानिय तह देखि केन्द्रसम्म महिलाहरुले नेतृत्व गर्ने अवसर पाएको भन्दै आफुले पाएको अधिकार सहि ठाउमा प्रयोग गर्न आग्रह गरे । हरेक उपभोक्ता समितिमा महिला अनिर्वार्य गरि बिकासको गतिलाई अगाडि बढाउने आग्रह गरे ।

कार्यक्रममा नेपाली काग्रेसका योगेश भण्डारी, नेकपा एमालेका ओम सुनार, राष्ट्रिय जनमोर्चाका नैनसिह थापा, केन्द्रका कोषाध्यक्ष भगवती मल्ल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बक्ताहरुले महिलाहरुले पनि पुरुष सरह काम गर्ने सक्ने भन्दै हरेक क्रियाकलापमा महिला अनिर्वार्य गनुपर्ने बताएका थिए ।

कार्यक्रमको सहजिकरण केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, सचिव गणेश खत्री, गलकोट नगरपालिकाका खानेपानी तथा सरसफाई परियोजना वासका संयोजक दुर्गा छन्त्यालले गरेका थिए ।

तालिममा ५० जना स्थानिय महिलाहरुको सहभागीता रहेको थियो । सञ्चालित कार्यक्रमले स्थानिय स्तरमा हुने सम्पुर्ण कार्यक्रमहरुमा महिलाको चासो र चिन्तनमा बृद्धि गराउनु, स्थानिय क्रियाकलापबाट सृजना हुने नेतृत्वमा स्वतस्फुर्त महिला अग्रसरता बढाउने, स्थानिय स्तरका कार्यक्रम तालिका निर्माण, ब्यवस्थापन , सञ्चालन र समापन गर्न महिलाहरुलाई सक्षम बनाउने, घरयासी र सामाजिक निर्णय परिपक्क रुपमा लिन सक्ने बनाउने र आफना समस्या खुलेर राख्न सक्ने बनाउने तालिमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसेको अध्यक्षता, सहसचिव सुनमाया ढकालको स्वागत मन्तब्य र सचिव गणेश खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply