Sorry, that menu does not exist.
 

पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई नि प्र अ सुनारको उज्यालो उपहार !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ पुस २१ । निसीखोला गाउँपालिका—३, धाराखर्कमा रहेको पशुपति आधारभूत विद्यालमा अध्ययनरत विद्यार्थीहरुलाई आज टुकीमारा बत्ति वितरण गरिएको छ । घरमा बिजुली नभएका ८ जना विद्यार्थीहरुलाई विद्यालयका निमित्त प्रध्यानाध्यापक नाकपाल सुनारद्वारा उक्त बत्ती वितरण गरिएको हो ।
विद्यालयले आयोजना गरेको शुक्रबारीय कार्यक्रमको अवसर पारेर सुनारले ३ हजार बराबरको ८ ओटा टुकीमारा बत्ति वितरण गरेका हुन् ।

कार्यक्रमको अवसरमा निमित्त प्रध्यानाध्यापक सुनारले विविध कारणले घरमा विजुली नपुगेर नियमित अध्ययन क्रियाकलापबाट बञ्चित हुनुपरेका विद्यार्थीहरुको लागि उक्त बत्ती उपलब्ध गराएको बताउनुभयो । साथै उहाँले उक्त बत्तीलाई सदुपयोग गरी उत्कृष्ट शैक्षिक उपलब्धी हाँसिल गर्न विद्यार्थीहरु जागरुक हुने अपेक्षा लिएको बताए ।

उक्त विद्यालयको सेवा क्षेत्र रहेको कतिपय स्थानमा अझै पनि बिजुली पुग्न नसकेको र त्यसले विद्यार्थीरुको नियमित अध्ययन कार्यमा प्रभाव पार्ने गरेको शिक्षक राजेश सुनारले बताए ।

विद्यालयले आज शुक्रबारीय कार्यक्रम अन्तरगत प्राथमिक तह कक्षा (१—३) मा भित्र बाहिर, प्राथमिक तह कक्षा(४—५) मा नेपाली भाषामा श्रृति लेखन र आधारभूत तह कक्षा (६—८) मा अंग्रेजी भाषामा श्रृतिलेखन प्रतियोगिताको आयोजना गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply