Sorry, that menu does not exist.
 

गनपाव्दारा प्रथम चौमासिकमा गरेको कार्यप्रगति बिवरण सार्वजनिक !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ पुस २१ । गल्कोट नगरपालिका कार्यालयले प्रथम चौमासिकको प्रगति सार्वजनिक गरिएको छ । गल्कोट नगरपालिकाको कार्यालयले आज एक पत्रकार सम्मेलन गरि नगरपालिकाले आर्थिक बर्षको प्रथम चौमासिकमा गरेका कार्यप्रगति बिवरण सार्वजनिक गरेको हो । गल्कोट नगरपालिकाको कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकाबाट सम्पादित कार्यहरुको बिवरण प्रस्तुत गरेका थिए ।

नगरप्रमुख गैरेले कार्यालय र वाड कार्यालय ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, सामाजिक सुरक्षा बितरण, घर कायम र नक्सापास गर्ने कार्यको सुरुवात, सडक तथा भवन निर्माणको आधारभुत मापदण्ड लागु, नगरप्रमुख मातृ तथा शिशु स्याहार पोषण भक्ता कार्यक्रम, नगरपालिकाको जग्गा व्यवस्थापन, सड्कहरुको नियमित संचालनको लागी मर्मत सम्भार कोष लागयतका बिषयमा जानकारी गराएका थिए ।

यसैबिच नगरप्रमुख गैरेले गलकोट नगरपालिका भित्र १४ मिटरका २,११ मिटरका १९,८ मिटरका १८ र ६ मिटरका ५२ ओटा सड्कलाई बर्गीकरण गरेको छ । नगरपालिकाले सड्कको मापदण्ड अनुसार भवन निर्माण गर्दा बर्गिकरण भएका सड्कअनुसार निर्माण गर्न आग्रह गरेको छ ।

गल्कोट नगरपालिका वाड नम्बर ४ को डाडाँखेत, नुवाकोट, टोलमुनि बाट नयाँ ट्याक्क खोलि मिलनचोकि हुदै बरेङ गाउपालिका जोड्ने सड्कलाई १० मिटर, गलकोट नगरपालिका वाड नम्बर ३ को हटिया र ६ को मजुवा, राजाको पुल हुदै हरिचौर, ताराखोला, म्याग्दी जोड्ने सड्क, गल्कोट नगररपालिका वाड नम्बर ८ को सादिखोला, काडेबास, मसुरबारी हुदै गलकोट नगरपालिका ३ जोड्ने सड्क हटिया बोहोराफाँटा, ज्यामिरे, उचाका, थालेपोखरा हुदै गुल्मीको शान्तिपुर जोड्ने सड्क साढे १२ मिटर कायम गरेको छ ।

त्यस्तै कार्यक्रममा नगरउपप्रमुख रेनुका काउचा मगरले नगरप्रमुख मातृ तथा नवजात शिशु स्याहार पोषण भत्ता कार्यक्रमको बिषयमा जानकारी गराएकी थिईन् । उनले मातृ तथा नवजात शिशु स्याहार पोषण भत्ता कार्यक्रमको परिचय, प्रारम्भिक चरण, कार्यक्रम संचालन प्रक्रिया, अनुगमन तथा सुपरिबेक्षण सम्बन्धि जानकारी गराएकी थिइएन ।

कार्यक्रममा उनले सेवाग्राहीले प्रात्त गर्ने सेवा सुबिधा, बजेट ब्यवस्थापन र बितरण, गर्भवति महिलाले नियमित रुपमा एउटै स्वास्थ सस्थामा चारपटक चेकजाँच गराए प्रथम पटक २ हजार, दास्रो पटक १ हजार, तेस्रो पटक १ हजार र अन्तिममा ५ सय गरि ४५ सय प्रदान गरिने लगायतका बारेमा समेत स्पष्ट पारिन ।
त्यस्तै कार्यक्रममा गलकोट नगरपालिकाका प्रसासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले आर्थिक बर्ष २०७४।०७५ को आम्दानी खर्च प्रस्तुत गनुभएको थियो । जसअन्तर्गत पहिलो चार महिनामा गलकोट नगरपालिकाले गरेको खर्चको बारेमा जानकारी गराएका थिए । गल्कोट नगरपालीकाले आर्थिक बर्ष २०७४ ०७५ को पुजिँगत तर्फ कुल बजेट २० करोड ३ लाख ९९ हजार मध्ये पहिलो ४ महिनामा ४२ लाख ३ हजार २ सय ४६ खर्च भएको जनाएको छ ।

त्यस्तै सामाजिक परिचालन तर्फ एलजिसिडिपि कार्यक्रममा कुल १५ लाख ५७ हजार मध्ये पहिलो चार महिनामा ३ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता कार्यक्रममा ९ करोड मध्ये प्रथम चौमासिकमा २ करोड ३१ लख ४१ ह्जार २ सय खर्च भएको अधिकृत सुवेदीले जनाकारि दिए ।

सुबेदीका अनुसार चालु तर्फको कुल बजेट ३ करोड ५५ लाख ११ हजार मध्ये ३७ लाख ६३ हजार १सय ४४ खर्च भएको छ । त्यस्तै ससर्त तर्फ शिक्षामा कुल १३ करोड १६ लाख ५६ हजार मध्ये २ करोड ४० लाख ३६ हजार १ सय ९९ रुपैया खर्च भएको छ भने कृषि भेटेनरी तर्फ २१ लख ९१ हजार मध्ये ७ लाख ७५ हजार ९ सय ५० खर्च भएको छ ।

सशर्त अनुदानकै स्वस्थ्य तर्फ बिनियोजित बजेट २ करोड ३८ लाख ९ हजार मध्ये ७५ लाख ९९ हजार ७ सय १ रुपैया प्रथम चौमासिकमा खर्च भएको अधिकृत सुवेदीले जनाकारि दिनुभयो । सुबेदीले प्रथम चौमासिकको खर्च बिबरण सार्बजनिक भएको तर सो भन्दा पछिको खर्च समाबेस नभएको जानकारि दिए । कार्यक्रम नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रसासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply