चन्द्रमणी न्यौपाने, गल्कोट २०७४ पुस २२ । निलुवा पर्यटकीय क्षेत्र प्रबर्द्धन केन्द्र गल्कोटको दोस्रो साधरण सभा गल्कोट नगरपालिका ४ चमुवामा सम्पन्न भएको छ ।
सधारण सभामा बोल्दै गल्कोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बलबहादुर खत्रीले प्रचुर पर्यटकीय सम्भावना बोकेको निलुवा वडाकै समृद्धिको आधार भएकाले यस्को बिकासमा आफू प्रतिबद्ध रहेको बताए ।
सोहि अबसरमा केन्द्रका सल्लाहकार सयोजक घनश्याम सुबेदीले समथर भुभाग, जडिबुटी, घना जङ्गल र बन्यजन्तु रहेको ऐतिहासिक मह्त्व बोकेको निलुवालाइ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा बिकास गर्नुपर्ने बताए ।
कार्यक्रममा सचिब हेमराज गैरेले केन्द्रको प्रगती प्रतिबेदन, कोषाध्यक्ष बिकास सुबेदिले आर्थिक प्रतिबेदन, लेखा समिती संयोजक रबिलाल सुबेदिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम केन्द्रका अध्यक्ष ओमकार सुबेदिको अध्यक्षता, सदस्य हरिलाल सुबेदीको स्वागत मन्तब्य र सचिब हेमराज गैरेको संचालनमा सप्पन्न भएको थियो ।