महेन्द्रराज सिंह, काठमाडौँ २०७४ पुस २४ । प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै परवानीपुर–१ बाराका शन्तोष पटेल नामका हिटलर दैनिक, पर्साका संवाददाताले प्रेस काउन्सिल नेपालबाट बाराका विभिन्न पत्रपत्रिकाको अभिलेख लिएको भनी काउन्सिलको लेटरप्याड, लोगो, स्ट्याम्प, सूचना अधिकारीको हस्ताक्षरसमेत कीर्ते गरी, नक्कली चलानी नम्बर राखी बारा जिल्लाभरि गलत पत्राचार गरेको भनी प्राप्त जानकारी सम्बन्धमा प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यससम्बन्धमा हालै सम्पन्न काउन्सिलको बोर्ड बैठकमा गम्भीर छलफल भई यस्तो कार्य फौजदारी अपराध नै भएकाले कीर्तेमा कानूनी कारबाही अगाडि बढाउने र प्रेस विज्ञप्ति मार्फत उक्त आपराधिक कार्यको खण्डन गर्ने निर्णय भएको छ । साथै, प्रेस काउन्सिल नेपाल कर्मचारी संघको बैठकमा पनि यसबारे विशेष छलफल भई कीर्तेमा संलग्नको पहिचान गर्न सहयोग गर्ने सहमति भएको पनि विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती यस प्रकार छ,