Sorry, that menu does not exist.
 

झण्डै डेढ करोडमा निर्मित बरेङ ईलाका प्रहरीको भवन प्रयोग बिहीन, भाडाको घरमा कार्यालय !

शेखर थापा, बागलुङ २०७४ पुस २४ । प्रहरीका लागि अबश्यक सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न भएको डेढ बर्ष बितिसक्दा समेत ईलाका प्रहरी कार्यलय बरेङडाँडाको कार्यलय भाडाको घरबाट सञ्चालन भैरहेको छ । नव निर्मित भवन प्रयोग बिहीन अवस्थामा छ । बरेङ गाउपालिका वडा नं. १ बरेङ बजार स्थित ईलाका प्रहरी कार्यलयको लागि सोही ठाउँको ठुलडाँडामा निर्माण गरिएको सुबिधा सम्पन्न भवन ठाँटीमा परिणत भएको गुनासो स्थानीयले गरेका छन् ।

ईप्रका वरेङडाँडा नव निर्मित भवन

नेपाल सरकार शान्ति तथा पुर्ननिर्माण मन्त्रालय र दातृ राष्ट्रहरको सहयोगमा तेस्रो चरणको पुर्निर्माण कार्यक्रम अन्र्तगतकोे महिला पुरुष हिरासत कक्ष, महिला प्रहरीलाई समेत आबासको व्यवस्था, छुट्टै चमेना गृह, शौचालय एब बाथरुम भएको सुबिधा सम्पन्न सो भवन निर्माणका लागि श्री चन्द्रा एण्ड बसन्त निर्माण जेबि पोखरा बारा कास्कीले २०६९ साल माघ २६ गते सम्झौता गरि सम्झौता भएको करिब साढे तीन बर्ष पछि अर्थात २०७३ आषढ २२ गते निर्माण सम्पन्न गरेको थियो । निर्माण कम्पनीले कुल लागत स्टिमेट १ करोड ३८ लाख १५ हजार १ सय ८६ रुपैया ७५ पैसा मध्यबाट १ करोड ३३ लाख १३ हजार ४ सय २ रुपैया ९४ पैसा अन्तिम किस्ता समेत गरि भुक्तानी लगिसकेको श्राृतले बतायो । तर निर्माण सम्पन्न भएको डेढ बर्ष सम्म भवन हस्तान्तरण किन र के कारणले हुन नसकेको भनि सोध्न कम्पनी सञ्चालक निमा तामाङ संग टेलिफोन सम्पर्क हुन सकेन ।

हाल ईप्रकाको निम्ति भाडामा लिएको घर ।
एकातिर ठेकेदारले भवन हस्तान्तरण नगरेको बिषय चरम चुलिमा रहिरदा यहाँका स्थानियले भने राज्यले अपायक स्थानमा लगानी गरेर भवन निर्माण गरेको बताएका छन् । “चौकी यहाँ हुदा हामीलाई एक दुई घन्टा पसल बन्द नगरि अन्यत्र ब्यस्त रहदा पनि ढुक्क हुन्छ, चौकी माथि सरेमा त्यो स्थिती रहन सक्दैन” स्थानिय ब्यापारि दुर्गा प्रसाद शर्मा पौडेलको गुनासो छ, त्यस्तै अर्का स्थानिय एबं जनप्रतिनिधि बरेङ गाउपालिका वडा नं. १ का अध्यक्ष नरसेङ पुनले नया भवनमा चौकी सरेपछि जनतालाई उजुर बाजुरका लागि पनि सास्ती पर्ने र गुल्मी जिल्ला संगको सीमाना नजिक रहेकाले प्रहरीलाई अपराध नियन्त्रणमा समेत कठिनाई पर्ने बताउछन् । हाल बरेङ बजारमा अबस्थित चौकीबाट नब निर्मित चौकी करिब डेड किलोमिटर टाढा बस्ती नभएको डाँडोमा छ ।

यस्तो छ, भान्सा कोठा ।
यस संबन्धमा जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मीले केहि दिन अगाडि इलाका प्रहरि कार्यालय बरेङडाँडामा आयोजित अन्र्तक्रियामा प्रहरीको नब निर्मित भवन बस्ती देखि टाढा रहेकाले प्रहरीको हाल कार्यलय रहेको स्थानमा प्रहरीको एउटा बिट राखिने र प्रशासनिक एबं बाकी कामहरु नयाँ भवनबाट सञ्चालन गर्ने गरि ब्यवस्था मिलाउन सकिने बताएका थिए । त्यस्तै बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले राज्यको ठुलो लगानी भैसकेकाले प्रहरीको प्रशासनिक काम त्यहाँबाट शुरु गरिनुपर्ने र सबै वडाहरुमा प्रहरी बिट सञ्चालन गरेर जनतालाई सुरक्षाको प्रत्याभुति दिईनुपर्ने बताएका छन् ।

प्रतिक्षालय ।
प्रहरी निरिक्षक प्रमुख १, प्रहरी नायब निरिक्षक २, प्रहरी सहायक निरिक्षक ३, प्रहरी हबल्दार ६, प्रहरी जवान १६ र प्रहरी परिचर १ गरि २९ जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यलय बरेङडाँडामा हाल १ प्रहरी नायब निरिक्षक, २ प्रहरी सहायक निरिक्षक, ३ प्रहरी हबल्दार, १० प्रहरी जवान र १ प्रहरी परिचर गरि १७ जना प्रहरि कार्यरत रहेका छन् ।

प्रहरीको आफ्नै नाममा रहेको साढे तिन आना जग्गामा डेरा, मेस, छलफल कक्ष लगायत ब्यवस्थापन गरिएको कार्यलयले प्रशाशनिक काम तथा कार्यलयको लागि स्थानिय थमन राज थापाको घर भाडामा लिएको छ । राजश्व कट्टि बाहेक घरभाडा बापत मासिक रु ३ हजार कार्यलयले दिने गरेको थापाले बताए ।

ईप्रका वरेङडाँडाको नव निर्मित भवन ठुलडाँडाबाट देखिने बरेङ बजारको दृश्य ।
साबिकको संरचना अनुसार बरेङ गाउपालिकाका सबै वडा र जैमिनी नगर पालिकाको वडा नं. १० कार्यक्षेत्र रहेको यस इलाका प्रहरी कार्यलय बरेङ डाँडाको मातहातमा प्रहरी चौकी बाटाकाचौर नयाँबजार र प्रहरी चौकी छिस्ती बेलबगर रहेका छन् । यातायातको साधनमा प्रहरीको १ मोटरसाईकल मात्र रहेको छ ।

बरेङ ठुलडाँडाबाट देखिने माछापुच्छे« हिमश्रृंखला ।
सो भवन निर्माण भैसकेपनि ठेकदारले हस्तान्तरण नगर्नु पछीको बास्तविकताको खोजी स्थानीयवासीले गरिरहेका छन् । झण्डै डेढ करोड रुपयाँ लगानीमा निर्माण सम्पन्न भएको भवन ठाँटीमा परिणत हुने कार्यालय घर भाडामा लिएर सन्चालन गर्नु कतिसम्म औचित्यपूर्ण हुन्छ ? सरोकारवाला निकायले गम्भीरतापूर्वक लिनु जरुरी छ ।

स्मरणीय छ, सो भवनको निर्माण कार्य भैरहँदा भवन भित्र रहेका दुई जना कामदारहरुको रहस्यमय मृत्यु समेत भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply