गुमानसिँह भण्डारी, गल्कोट २०७४ पुस २५ । महिलाहरुको चासो र चिन्तनमा नगरपालिका सकरात्मक भएको गल्कोट नगरपालिका नगरउपप्रमुख रेनुका काउचा मगरले बताएकी छन् ।
गलकोट सामुदायिक प्रहरी सेवा केन्द्र गल्कोटको आयोजना र गल्कोट नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ८ काँडेसबासमा महिला नेतृत्व बिकास तथा न्यायमा पहुँच सम्बन्धि तालीमको उदघाटन गर्दै काउचाले यस्तो बताएकी हुन् । उनले सामुदायीक सेवा केन्द्रले गलकोट नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको स्पष्ट पार्दै नगरपालिका भित्रका महिलाहरुलाई क्रियाशील बनाउनका लागी नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताईन् ।
कार्यक्रम वडा अध्यक्ष रामप्रसाद कडेल, नेपाली काग्रेसका ढालिन्द्रप्रसाद गौतम, नेकपा एमालेका पबित्रा बुढाथोकी, नेकपा माओबादी केन्द्रका आत्माराम चालिसे, राष्ट्रिय जनमोर्चाका भिम शेरचन लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्रकी अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिकाका वास संयोजक दुर्गा छन्त्यालले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रम सामुदायिक सेवा केन्द्रका सदस्य रमा उपाध्ययको स्वागत मन्तब्य र सामाजिक परिचालिका अनिता कडेलको सञ्चालनमा सम्पन्न भएको
सञ्चालित कार्यक्रमले स्थानिय स्तरमा हुने सम्पुर्ण कार्यक्रमहरुमा महिलाको चासो र चिन्तनमा बृद्धि गराउनु, स्थानिय क्रियाकलापबाट सृजना हुने नेतृत्वमा स्वतस्फुर्त महिला अग्रसरता बढाउने, स्थानिय स्तरका कार्यक्रम तालिका निर्माण, ब्यवस्थापन , सञ्चालन र समापन गर्न महिलाहरुलाई सक्षम बनाउने, घरयासी र सामाजिक निर्णय परिपक्क रुपमा लिन सक्ने बनाउने र आफना समस्या खुलेर राख्न सक्ने बनाउने तालिमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।