भरतप्रसाद सापकोटा, बागलुङ २०७४ पुस २५ । नवयुवक आधारभुत विद्यालयको परिक्षाफल प्रकाशन तथा अभिवाकसंग अन्तरकृया कार्यक्रम बिहुँमा सम्पन्न भएको छ ।
काठेखोला गाउँपलिकावडा ५ श्रीपालीमा अवस्थित नवयुवक आधारभुत बिद्यालयले अभिभावक संग अन्तर्कृया कर्याक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि काठेखोला ५ का श्रोत व्यक्ति रामानन्द कडेल एवं पूर्व श्रोत व्यक्ति पुर्ण प्रसाद ढुङ्गानाले परिवार पहिलो पाठशाला रहेको बताउदै बालबालिकाहरुको आनि र बानि सभ्य बनाउन पहिले परिवार सभ्य हुनु पर्ने बताउदै यसरी अभिभावक र शिक्षक बिच हुने अन्तर्क्रियाले बालबालिका शैक्षिक स्तर बृद्धि हुने बताए ।
एक अर्को प्रसंगमा बिद्यालयले अनुमति पाएपनि दरबन्दी नपाउदा अभिभाबकहरु र बिद्यालय आर्थिक भार परेको बारे कार्यक्रमका वक्ताहरुले राखेको ज्ञिशामा आफुले दरबन्दी बितरण भए नवयुवक आधारभुत विद्धालय पहिलो प्राथमिकता रहेको बताउदै यस बिद्यालयको आर्थिक र भौतिक विकाशको लागि आफ्नो तर्फ गर्नसक्ने जति सबै सहयोग गर्ने समेत बताएका थिए। ५ वडाका वडा सदस्य भुमिश्वर कडेल विद्धालय व्यवस्थापन सदस्यहरु भुमा पुन सल्लाहाकार सदस्य अम्बिका कडेल भुमे आधारभुत बिद्धयालयका प्र अ कमल प्रसाद न्यौपाने नवयुवक आधारभुत विद्धालय का प्र अ देवनारायण सापकोटा भरत सापकोटा लगाएतले बोलेका थिए ।
स्वागत शिक्षिका अमृता बि क सन्चालन शिक्षक अमर सेजुवालले गरेको कार्यक्रमको सम्भापतित्व बिद्धालय ब्यबस्थापन समितिका अध्यक्ष बालाकृष्ण सापकोटाले गरेका थिए ।