झरना कँडेल, बुर्तिवाङ २०७४ पुस २५ । अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा आज बुर्तिबाङमा प्रदर्शन भएको छ । ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङमा बिबेकशील साझा पार्टी बागलुङका जिल्ला संयोजक सन्तोष भण्डारीको नेतृत्वमा युवाहरुले बिभिन्न प्ले कार्ड सहित बिरोध जनाएका छन् ।
उनीहरुले डा. केसीलाई अपराधी लाई जस्तै जसरी रातारात गिरफ्तार गरिएकोमा आपत्ति जनाउदै, डा केसीलाई छिट्टै रीहा गर ,गोबीन्द केसीको माग पुरा गर , आई एम वीथ डा गोबिन्द केसी , नालायक सरकार राजीनामा दे लेखिएको प्ले कार्ड सहित बुर्तिबाङ बषपार्कमा बिरोध प्रर्दशन गरेका हुन् ।
सत्य र न्यायको पक्षमा वकालत गर्ने अदालतको ठाडो आदेशबाटै डा. केसीको पक्राउ गरिएको र यसले देशभक्त नेपालीहरुलाई अपहेलना गरेकोले त्यसको विरोधमा प्लेकार्ड देखाएर असन्तुष्टि पोख्नुपरेको विवेकशी साझा पार्टीका जिल्ला सहसंयोजक सन्तोष भण्डारीले बताए ।
अदालतको अवहेलना गरेको भन्दै डा. केसीलाई हिजो पक्राउ गरिएको थियो । पक्राउ परेका डाक्टर गोविन्द केसीको सुनुवाई भोली मात्र हुने भएको छ ।
आज बयान लिइएको र भोलीदेखि सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ । आफ्नो लिखित बयानमा डाक्टर केसीले आफूले नभई प्रधानन्याधीस गोपाल पराजुलीले अदालतको अवहेलना गरेको जिकिर गर्नुभएकोे छ । भोली मात्र सुनुवाई शुरु हुने भएपछी डाक्टर केशी आजपनि प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ ।