Sorry, that menu does not exist.
 

विद्यार्थी जीवनबाट नै व्यक्ती धार्मिक, नैतिकवान तथा अनुशासित बन्न जरुरी- अच्यूत दास

सिद्धार्थ सदनमा विद्यार्थी जीवनमा बानीको शक्ति विषयक सेमिनार सम्पन्न !

बागलुङ २०७४ पुस २५ । सिद्धार्थ सदन आवासीय विद्यालय बागलुङमा ‘विद्यार्थी जीवनमा बानीको शक्ति’ विषयक सेमिनार सम्पन्न भएको छ ।

सेमिनारमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । सेमिनारमा सहभागी विद्यार्थी एवं शिक्षकहरुले उत्सुकतापूर्वक भाग लिएका थिए ।

सेमिनारमा विद्यार्थी जीवनबाट नै व्यक्ती धार्मिक , नैतिकवान तथा अनुशासित बन्न सकेन भने भविष्यमा बन्ने सम्भावना न्युन हुन्छ भन्दै परमेश्वर अच्यूत दास (प्रदिप भण्डारी)ले हाम्रो संस्थाले आयोजना गर्ने कुनैपनि सेमिनार वैज्ञानिक महत्वका र प्रमाणित भएका तथ्यमा आधारित हुने बताए ।

धर्मका नाममा भित्रिएका विकृतीको नाश होस् र धर्म एकादेशको कथा मात्र नभई जीवनको अभिन्न धारण गर्ने कुरा बनोस् भन्दै परमेश्वर अच्युत दासले आजभोलि विद्यार्थीहरु अनुशासनविहीन तथा उच्छृङखल बन्दै जानुमा एक प्रमुख कारण उनीहरुलाई आध्यात्मिक तथा नैतिक ज्ञान नदिईनु भएको प्रष्ट पारे ।

उनले यस प्रकारको आध्यात्मिक एवं नैतिक ज्ञानयुक्त सेमिनारआजको आवश्यकता भएको बताए । धौलागिरीका दर्जनौ विद्यालयबाट निम्तो आइसकेको उल्लेख गर्दै उनले भने हामी यथासक्य छिटो अरु विद्यालयहरुमा पनि पुग्नेछौँ । हाम्रो सेमिनार निशुल्क हुने छ ।

उनले यसप्रकारको सेमिनार आयोजना गरेकोमा सिद्धार्थ सदन आवासीय विद्यालय परिवारलाई धन्यवाद् दिए ।
!

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply