Sorry, that menu does not exist.
 

खतरनाक मानिने इबोला भाईरसको औषधी पत्ता लगाउन डा. खड्काको टोलीलाई सफतलता !

बागलुङ २०७४ माघ १ । संयुक्त राज्य अमेरिकाको जोर्जिया राज्यको इन्स्च्यिुट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत नेपाली युवासहित ११ वैज्ञानिकहरुले खतरनाक मानिने इबोला भाइरसको औषधी पत्ता लगाएकम छ । नेपाली युवा वैज्ञानिक ३५ वर्षिय डा. सुदिप खड्कासहितको टोलीले संसारकै खतरनाक मानिने इबोला भाइरसको औषधी पत्ता लगाएको हो । वैज्ञानिक टोलीले अध्ययन र अनुसन्धानपछि औषधीको विस्तृत अध्ययन गरिरहेको प्रतिष्ठित जर्नल एन्टीभाइरल रिसर्चमा उल्लेख छ ।

संसारका सीमित ल्याबहहरुमा मात्र इबोला भाइरसको अध्ययन गर्न सकिने र सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिने चौथो तहको प्रयोगशाला आवश्यक पर्ने विश्वविद्यालयले जनाएको छ । संसारका सीमित बैज्ञानिकहरुको मात्र प्रयोगशालामा पहुँच हुने र चौथो तहमा अध्ययन गर्ने अवसर पाउने डा। खड्का संभवत पहिलो नेपाली हुन् ।

‘लामोसमय लगाएर गरिएको यो अनुसन्धानले इबोला भाइरसको रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्छ,’ डा खड्काले ईबागलुङसंग कुरा गर्दै भने, ‘सयौं औषधीबाट ५६ संभावित औषधीहरु पत्ता लागेको र त्यसमा बेन्जोक्यूनोलाइन समुहको औषधीको विस्तृत अध्ययन भैरहेको छ ।’

अमेरिकी सरकारले लामो सुरक्षा जाँच र तालिम पश्चात चौथो तहको प्रयोगशालामा काम अनुमती दिने विश्वविद्यालयले जनाएको छ ।

बागलुङ नगरपालिका २ जन्मिएका डा. खड्काले सेल एण्ड मोलोकुलर बायोलोजीमा गोल्ड मेडल प्राप्त गरेका छन् । विल्सल्याण्ड फेलोसिप अवार्ड प्राप्त गरेका उनले यसअघि मानवलाई डेंगु र हेपाटाइटिस सी भाइरसले कसरी प्रभाव पार्छन भन्ने विषयमा सोध गरेका थिए ।

स्व. हरि बहादुर खड्का (तत्कालीन सभासद) तथा राज्यमन्त्री चम्पादेवी खड्काका जेष्ठ सुपुत्र डा खड्काको परिचय यसप्रकार छ,
Dr. Sudip Khadka
1. Early education: Baglung,
2. SLC: Kathmandu
3. ISc: Kathmandu University
4. Bachelors: Winona state university, USA. Gold Medalist in Cell and Molecular Biology
5. Doctorate: Purdue University, USA. PhD in Medicinal Chemistry and Molecular Pharmacology
Received prestigious Bilsland Fellowship Award.
Founding president of Nepali Society (Purdue university USA)
6. Postdoctoral Research: Mt Sinai Hospital New York. Virology
7. Research: Institute for Biomedical Science, USA. Virology and Antiviral Development

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply