बागलुङ २०७४ माघ ४ । हास्यकलाकारिता गीत संगीतको कुरा गर्ने बित्तिकै हामी मानवजातीलाई अर्कै अनुभवको अनुभुती हुन्छ । अझ हाँस्य (कमेडी) नृत्य, गीत संगीत मन नपराउँने व्यक्ति हुन्छ की हुँदैन ? यो एउटा प्रश्नको कुरा मनले उत्पन्न गराउँदछ । मनोरनञ्जनको मुख्य स्रोतको रुपमा हाँस्य (कमेडी) नृत्य गीत र संगीतलाई लिने गरिन्छ ।
यो शताब्दीको संघारमा हाँस्य गीत संगीतको ठूलो भूमीका र पहुच रहेको पाइन्छ । जीवनको दौडानमा आज हाँस्यकलाकारिता गीत संगीतको दुनियामा रम्ने हरेक आत्मीय मनहरुमा नेपाली हाँस्य (कमेडी) गीत संगीत क्षेत्रमा उदाउदो क्रममा रहेका बागलुङका तिलक पौडेल(प्रसाद)को बारेमा मलाई केही कुरा लेख्न मन लाग्यो ।
यो लेखको चित्रमा कैद भएका ब्यक्ती हुुन तिलक पौडेल । उनको जन्म बागलुङ जिल्लाको साबिकको छिस्ती गाबिसमा भएको हो । उनि आँफ्नो बिद्यालय जीवनबाटनै कमेडी गर्न रुचाउने ब्यक्तीको रुपमा चिनिने गर्दथे । २÷४ जना साथीभाई जम्मा भएको ठाँउ होस या कुनै स्टेज कार्यक्रमनै किन नहोस उनको प्रस्तुती अल्लि भिन्दै देख्न सकिन्थ्योे ।
हाल सम्म पौडेल आधा दर्जन भन्दा बढी स्टेज प्रोगाममा गएर आँफ्नो प्रस्तुती दिई सकेका छन । “पौडेल भन्छन, म आँफुमा त्यस्तो कला छ जस्तो त लाग्दैन तर मान्छेलाई हँसाउन मलाई औधी मन गर्छ । ” उनको पहिलो स्टेज प्रोगाम बुटवलको एक मेलाम रहयो त्यो मेलामा उनले धेरै दर्शकलाई हसाँए, उनलाई लागेको थिएन आँफुले हजारौ दर्शकलाई हसाँउ छु भन्ने तर उनको प्रस्तुतीमा ओन्स मोर आउन थालो तब उनि हौसिए उनले स्टेजबाटनै धेरै कलाकारको क्यारिकेचरको गर्दै करिब ३० मिनेट सम्म होल गरे । पौडेलले अहिले आँफ्नो त्यपल सम्झदा ,“ मलाई लागेको थिएन मेरो समय ३० मिनेट बित्यो भनेर तर आयोजकले मलाई समय छोटउन आग्रह गर्दै थिए उता मेरो प्रस्तुतीको माझमा दर्शक रमाएको देख्दा मलाई लागथ्यो मेरो पहिलो प्रस्तुतीलाई कसरी यति धेरै मन पराए म आँफै छक्क परे, पौडेलको भनाई हो यो ।
बागलुङमा जन्मेका पौडेल हिजो आज चितवनमा बस्दै आएका छन । पौडेल चितवन आएको करिब १ महिना न बित्दै धेरै दर्शकको मनमा बस्न सफल भएको “श्रीमान् बीरबहादूर”मा पनि सामान्य हवलदारको रुपमा देखिएका थिए । पौडेलले गरेको हवलदारको रोल समेत धेरै दर्शकले मन पराएका थिए । पौडेलले बिशेष गरेर आँफ्नो प्रस्तुती दिदा हास्य क्षेत्रमा मौलिकपनलाई ल्याउन बढी रुचाउछन । पौडेलले अरुको नक्कल भन्दा पनि आँफ्नै मौलिकपनलाई हास्यमा छिराएर मनोरञ्जन दिने गर्दछन । पौडेल अब बिस्तारै आँफ्नो जीवनलाई हाँस्य क्षेत्रमा धकेल्ने योजना भएको प्रतिक्रिया समेत दिएका छन । पौडेलको हाँस्य यात्रा निरन्तर अगाडि बडोस हाम्रो शुभकामना ।
प्रस्तुति: केदार शर्मा, बागलुङ ।