Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिका-९ का वडाध्यक्ष सहित कृषकहरु मिनी ट्रेलर हलो जडान गर्नमा व्यस्त !

गल्कोट २०७४ माघ ४ । यो समाचार लेखिरहँदा गल्कोट नगरपालिका वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाको घर बाँसखोलामा वडाका कृषकहरु भेला भएर मिस्त्रीको सहयोगमा मिनी ट्रेलर (हलो) जडान गरिरहेका छन् ।

वडाध्यक्ष तेज-त्रिलोक बहादुर थापा, बाँसखोला, गल्कोट ।

वडाध्यक्ष थापाका अनुसार वडामा कृषकहरुको २० समुह छ । बीसै समुहका लागि २० वटा मिनी ट्रेलर हलो खरीद गरी ल्याएर जडान कार्य भैरहेको छ ।
थापाले भने, अहिले गाउँघरमा गोरु पाल्न छोडेको अवस्था छ । खेतीपातीका लागि एकातिर गोरु नपाईने अर्कोतिर हलो जोत्न हली पाउन छोडियो । त्यसैले मिनी ट्रेलर हलोको आवश्यकता महसूस गरी कृषकहरुलाई समुहमा विभाजन गरी प्रत्यक समुहलाई एक एक मिनी ट्रेलर हलोको व्यवस्था गर्न लागिएको हो ।

थापाले ईबागलुङसंग भने, म एक किसान हुँ, तीन वर्ष पहिले मैले गाउँमा मिनी ट्रेलर हलो ल्याएर खेत जोत्न सुरु गरेको हुँ । यसको फिता, पाटपूर्जा विग्रिए साट्न वा नयाँ खरीद गर्न पाईन्छ अनि गोरु, हलो र हली खोज्दा नपाए जस्तो समस्या पर्दैन ।

नगरपालिकाबाट प्राप्त रु ६ लाख बजेटमा ४० प्रतिशत रकम कृषक समुहबाट राखी २० वटा मिनी ट्रेलर हलो खरीद गरिएको बताउदै वडाध्यक्ष थापाले एक मिनी ट्रेलर हलोको हाल मुल्य रु ५० हजार रहेको जानकारी दिए ।

‘गल्कोट नगरपालिकाका सबै वडाहरुमा मिनी ट्रेलर हलो वितरण गर्ने कार्यक्रम छ ?’ भन्दा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष थापाले भने, ‘अरु वडाहरुमा मलाई थाहा छैन ।’

‘हामी धमाधम मिनी ट्रेलर हलो जडान गरिरहेका छौ, आज जडान गरेर केहि समय पछि यसको प्रयोगपनि गर्छौँ,’ उनले भने ।

‘एक कृषक समुहमा कति जना कृषकहरु रहेका छन ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘एक समुहमा आठ दश देखी बीस पच्चिस जना सम्म रहेका छन् ।’

तस्वीर- शिशिर मल्ल, मल्म, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply