“हेर्दै जाउ मेरो यादमा रुने बनाउछु…”दैव संयोग, परिवारलाई रुने बनाएरै गए मेखबहादुर
बिमल खड्का, बागलुङ (खर्वाङ) २०७४ माघ ५ । माघ १ गते सक्रान्तिको दिन बिहानै साढे ५ बजे बडीगाड गाउपालिकाको गंगरेबाट ४ जना सहित दर्लिङ तर्फ आउदै गरेको पिकअप जिप दुर्घटना हुँदा बडीगाड १० दर्लिङका स्थानीय शिक्षक मेखबहादुर बुढाको मृत्यु भएको छ । उनि सँगै जीपमा सवार अन्य तीन जना घाईत भएका छन् । मृतक बुढा जीपका मालिक पनि हुन् । उनले ऋणधन गरेर सो पीकअप जीप खरीद गरेका थिए । (
उनले जीप खरीद गरेको १५ दिन नपुग्दै सोही जीप दुर्घटनामा उनको दुखद निधन हुन पुग्यो । दिन दसा विग्रेर होला जीप खरीद गरेर परिवारको पालपोषण गर्छु भन्ने उनको मनमा विचार पलायो । त्यस अकल्पनीय दुर्घटनामा ज्यान त एक जनाको गयो, तर गाउँमै केही गर्नु पर्छ भन्ने युवा गुमाउदा गाउँ नै यति बेला शोकमय बन्न पुगेको छ ।
आफ्नो र परिवारका लागि केही उद्यम गरिरहेका मेख बहादुर आफ्नो र परिवारको सपना पूरा गर्न नपाउदै ३२ बर्षको अल्पायुमै उनले ज्यान गुमाउनु पयो । घरमा श्रीमती एक छोरा एक छोरी आफ्नो बुवा र शारीरिक रुपमा अशक्त आमाको सपनाका लागि संघर्ष गरिरहेका मेख बहादुरको सपना अधुरै रहेको छ । परिवारको खुसीका लागि सधै आफ्नो दुखको प्रवाह नगरि परिश्रम गरिहेका मेख बहादुर बुढाको परिवारमा यति बेला ब्रजापात परेको छ ।
दुर्घटनामा परेको जीपको माथी ‘हेर्दै जाउ मेरो यादमा रुने बनाउछु’ लेखिए जस्तै आज उनको परिवार उनको यादमा रोई रहेका छन् ।
उनकी श्रीमती दीपा बुवा आमा सबै भन्दा पीडामा छन यसैबप्च पीडित परिवारका लागि नेपाल सितोरियो कराँते संघ बडीगाड शाखाले आर्थिक संकलन अभियान चलाएको छ ।
अभियानका क्रममा सितोरियो कराँते संघ बडीगाड शाखाका प्रमुख प्रशिक्षक राजन पाईजाको सत्रियतामा बडीगाड गाउँपालिकाका विभिन्न व्यक्तिबाट संकलित २३ हजार ४ सय १ रूपैयाँ एक कार्यक्रमका बिच मृतक मेख बहादुर बुढाको परिवारलाई हस्तान्तरण गरिएको छ ।
अभियानका संयोजक राजन पाईजाले भने, यो अभियान जारी छ यस घडीमा मेख बहादुरको परिवारमा ठुलो दुख परेको छ थोरै भएपनि राहत होस भनी यो अभियान संचालन गरेका हौ ।
बडीगाड गाउँपालिकाले यस अघि गाडी दुर्घटनामा परि ज्यान गुमाउने परिवारका लागि ५० हजार प्रति ब्यक्ति बितरण गर्दै आएको छ । तर गाउँपालिका कार्यालयमा अहिले सम्म त्यो रकम हस्तान्तरण गरि नसकेको बताएको छ । गाउँपालिका अध्यक्ष मेयर सिह पाईजाका अनुसार गाउँपालिकाले यस अघि नै राहत रकम दिने निर्णय गरिसकेकाले प्रहरी मुचुल्का र वडाको सिफारिस आएपछि सोहि अनुसार राहत रकम हस्तान्तरण गर्ने बताएका छन ।