प्रेम सुनार, गुल्मी २०७३ माघ २३ । नेपाल दलित संघ रेसुङ्गा नगरपालिको नगर अधिवेशन विपि स्मृति भवन तम्घास गुल्मीमा सम्पन्न भएको छ । नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त नगर अधिवेशनमा रेसुङ्गा नगर यसमितिका सभापति छवी पाण्डेयका विशेष आतिथ्यता रहेको थियो । उक्त अधिवेनले धन बहादुर नेपालीको संयोजकत्वमा १९ सदस्य नगर दलित संघ नगर समिति निर्माण गरेको छ । जसको उपाध्यक्षतामा शेर बहादुर नेपाली,सचिव गौरी सुनार स–सचिव कृष्ण बराल कोषाध्यक्षः दिपक वि.क. रहनुभएको छ । उक्त अधिवेशन सम्पन्न गर्नका लागि रोम विश्वर्कमाको संयोजकत्वमा अनिल बस्नेत तथा रुद्र पाण्डेय निर्वाचन सदस्य रहनुभएको थियो । उक्त कार्यक्रम नपाल दलित संघका सभापति झविन्द्र विश्वकर्माको सभापतित्व तथा सचिव शेर बहादुर चुदाँराको सञ्चालनमा सम्पन्न भएको थियो ।
***
नेकपा एमाले रेसुङ्गा नगरपालिका अन्र्तगत वाड नं ८ को अधिवेशन शनिवार बुझेल खर्कमा सम्पन्न भएको छ । जय बहादुर चुदाँराको अध्यक्षता र नेकपा एमाले रेसुङ्गा नगर कमिटि उपाध्यक्ष हरी प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् नगर इन्र्चाज डिल्लीराज भुषाल,नगर कमिटि अध्यक्ष गुणानिधि मरासिनी युवा संघ नगरकमिटि अध्यक्ष रेमलाल बस्याल ,वडा नागरिक मञ्च अध्यक्ष पुर्ण लाल श्रेष्ठ लगायले मनत्व्य व्यक्त गर्नुभएको थियो ।अधिवेशनले कृष्ण चुँदारा अध्यक्ष रहेको ११ सदस्य वडा कमिटि निर्वाचित गरेको छ । उक्त कमिटिको उपाध्यक्ष पुष्पा पाण्डे ,सचिव छवि पाण्डे,उपसचिव कमला विक ,सदस्यहरु बिना विष्ट ओम बहादुर चँुदारा ,गणेश बहादुर मगर, पार्वता विक राम बहादुर चँुदारा ,यादव पन्थी र यम बबहादुर चँुदारा रहनुभएको छ । साथै उक्त कमिटिको सल्लाहाकारमा पुर्णलाल श्रेष्ठलाई निर्वाचित गरिएको छ ।कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा ५ जना प्रवेश गरेका छन् । त्यस्तै आजै सम्पन्न अखिल नेपाल महिला संघ वाड नं ८ को अधिवेशनले उमा चुँदाराको अध्यक्षतामा २३ सदस्य कमिटि निर्माण गरेको छ ।
***
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम जिल्ला अधिवेशन सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । अधिवेशनले कौरव खत्रिको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रसका सभापति भुवन प्रसाद श्रेष्ठले अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा नविसंघका कार्यवाहक अध्यक्ष झविन्द्र पाण्डे,सोही संगठनका धर्मराज पाण्डे,रेसुङ्गा नगर कार्य समितिका सभापति छवि पाण्डेय लगायतले मनत्व्य राख्नुभएको थियो । सम्मेलनले उपाध्यक्षमा पछि मनोनित गर्ने जनाएको छ । सचिव पुनाराम घिमिरे,कोषाध्यक्ष खगेन्द्र पाण्डे,स–सचिव रिमा कुवँर चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बालमुकुन्द ज्ञवाली ,वसन्त ढकाल ,रबी खरेल,महेन्द्र थापा,पुष्कर भुषाल,हिम बहादुर विक लगायत रहनुभएको छ । त्यस्तै सम्मेलने ७ सदस्य केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । पुर्व केन्द्रिय सदस्य विष्णु कुवँर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भिम प्रसाद पौडेलको स्वागत मनत्व्य र कौरव खत्रिको सञ्चालनमा सम्पन्न भएको थियो ।
***
नेपाली कांगेस अर्खावाङ्ग गाउँ कार्य समितिको अन्र्तक्रिया तथा क्षत्रिय समितिको बैठक सम्पन्न भएको छ । अर्खवाङ्ग ४ को ठुलाचौरमा सम्पन्न बैठकमा नेपाली कांग्रसका जिल्ला सचिव खिलध्वज पन्थीको प्मुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ३ नंम्बर क्षेत्रिय सभापति भगतसिङ खड्का नेपाल शिक्षक संघका अध्यक्ष प्रेम नारायण भण्डारी ,महासमिति सदस्य सिता अर्याल ,जिल्ला सदस्य शुसिला भुषाल तरुण दल अध्यक्ष चुरा बहादुर खत्रिको विशेष आतिथ्यता रहेको थियो । ३ नंमबर क्षेत्रिय सभापति खड्काले मनोनित सदस्यहरुको पदपुर्ति समेत गरेका छन् । साविकको नेटा गाविस बाट मोहन घिमिरे ,अर्खवाङ्गबाट उपेन्द्र अर्याल,पिपलधाराबाट धन बहादुर खड्का क्षेत्रयि समितिमा चयन भएका छन् । अर्खवाङ्ग गाउँ कार्य समितिका सभापति चन्द्रकान्त अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य उपेन्द्र अर्यालको सञ्चालन रहेको थियो ।
***
नेपाली कांग्रेस निकट नेपाल दलित संघ म्यालपोखरी गुल्मीको गाउँ कार्य समितिको गठन गरिएको छ । सम्मेलनले खिम बहादुर परियरलाई अध्यक्षमा चयन गरेको छ । भने सचिवमा कमला परियार,कोषाध्यक्षमा कोपिला परियार र स–सचिवमा सिता परियार रहनुभएको छ । कार्यक्रममा महाधिवेशन प्रतिनिधि पार्वता कुवँरको प्रमुख आतिथ्यता रहेको थियो भने दलित संघका जिल्ला सदस्य थम्मन नेपालीको विशेष आतिथ्यता रहेको थियो । नेपाली कांग्रेस म्यालपोखरी गाउँ कार्य समितिका सभापति प्रेम सेनको सभापत्विमा सम्पन्न कार्यक्रममा सचिव टंक सेनको सञ्चालन रहेको थियो ।
***
नेकपा माओवादी केन्द्र साविकको दोहोली गाउँ कमिटिको सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनको नेकपा माओवादी केन्द्र का केन्द्रिय आयोजक समिति सदस्य बुद्धि जिसिले उद्घाटन गरेका हुन ।उद्घाटन शत्रलाई सम्बोधन गदै नेता जिसिले स्थानिय तहको निर्वाचनमा पार्टीलाई विजय प्राप्त गराउनका लागि अहिलेदखिनै संगठनको पुरै शक्ति जुट्न निर्देशन दिनुभएको छ । उहाँले सरकारले विनियोजन गरेका विकास निर्माणका बजेटहरुलाई तिव्रताका साथ कार्यन्व्यन गर्न गराउन समेत लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सम्मेलनले दोहोली गाउँ कमिटिको अध्यक्षमा कृष्ण प्रसाद रिजाललाई चयन गरेको छ । उपाध्यक्ष केशव खड्का सचिव भिमकान्त खनाल सहसचिव सुवासचन्द्र महत कोषाध्यक्ष टिकादेवि खड्का रहनुभएको २१ सदस्य गाउँ कमिटि निर्माण गरिएको छ । कार्यक्रमा,केन्द्रिय आयोजक समितिका सदस्य सुर्य बहादुर बुढाथोकी,घमिर गाउँ कमिटि अध्यक्ष ज्ञानराज पन्थी,उपाध्यक्ष बलबहादुर विक ,जनजाति अध्यक्ष टोम बहादुर रोका लगायत विशेष आतिथ्यता रहेको थियो सम्मेल कृष्ण प्रसाद रिजालको अध्यक्षता तथा भिमकान्त खनालको सञ्चालनमा सम्पन्न भएको छ ।
***
नेकपा माओवादी केन्द्र मुसीकोट नगरपालिका साविकको वडागाउँ गाविस अन्र्तगत वडा नं ३ को वडा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको नेकपा माओवादी केन्द्रका केन्द्रिय आयोजक कमिटि सदस्य खुम बहादुर थापाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गदै माओवादी केन्द्र सरकारको नेतृत्व गरेलगत्तै विकास निर्माणमा विशेष गरी ग्रामिण क्षेत्रमा ठुलो परिमाणमा रकम पार्न लागि परेको ,वैदेशिक रोजगारमा अलपत्र परेका विरामी,घाइतेको उद्धार गर्न सफल भएको ,वैदेशिक रोजगारमा जाने युवाहरुलाई २० लाख सम्मको बिमा रकम दिने निर्णय गरेको र गाविसमा ठुलो मात्रामा बजेट बिनियोजन गर्न अगुवाई गरेको भन्दै कार्यकर्ताहरुलाई यहि सन्देश लिएर जनतामा जान निर्देशन दिएका थिए । सम्मेलनले गोकर्ण सुर्यवंशीको अध्यक्षतामा १५ सदस्य वडा कमिटि गठन गरेको छ । उपाध्यक्षमा विष्णु विक,सचिवमा मिना काउछा कोषाध्यक्षमा इश्वरा सुनार लगायत रहेको र कमिटि विस्तार गरिदै जाने त्यहाँबाट समाचार सहयोगी टेकहरी फुः्ल्देलले जानकारी दिए ।त्यस्तै जिल्ला आयोजक कमिटि सदस्य गोम बहादुर सुनारको संयोजकत्वमा ७ सदस्य सल्लाहाकार समिति समेत गठन गरिएको जनाइएको छ । यसैबिच माओवादी केन्द्र दर्लामचौर वडा कमिटिको सम्मेलन पनि आज सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
***
नयाँ शक्ति नेपालका केन्द्रिय कार्य परिषद्का सदस्य वामदेव क्षेत्रीले अबको राजनिति देशमा उद्योग धन्दा र आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका छन् । सो पार्टीको युवा संगठन राष्ट्रिय युवा अभियान गुल्मीको प्रथम जिल्ला सम्मेलनलाई सदरमुकाम तम्घासमा सम्बोधन गदै उनले यस्तो बताएका हुन्। उनले आर्थिक समृद्धिका लागि विदेशमा जाने युवाहरुलाई रोकेर गाउँगाउँमा स–साना उद्योग धन्धा सञ्चालन गर्नुपर्ने तिनै उद्योग व्यवसाय बाटै संगठन विस्तार गर्नुपर्ने वैदेशिक रोजगारबाट भित्रिएको रेमित्यान्सलाई शहरी क्षेत्रमा कलकारखाना खोल्नु पर्ने र आफ्नो पार्टीको मुख्य एजेण्डा नै आर्थिक समृद्धि भएको बताएका थिए । त्यस्तै अर्की केन्द्रिय कार्य सम्पादन समितिकी सदस्य तथा पाँच नम्बर प्रदेश स–इन्चार्ज यमुना भुषालले अरु पार्टीका युवा संगठनले जस्तो खोक्रो भाषण र बल प्रयोग होइन सिप र मेहेनत अनि सृजनात्मक कार्यमा लगाएर आर्थिक समृद्धिकै बाटो रोज्न निर्देशन दिइएकी थिइन ।
सम्मेनको प्रमुख अतिथी केन्द्रि कार्य सम्पादन समिति सदस्य वामदेव क्षेत्रीले उद्घाटन गरेका थिए । कार्यक्रममा सो पाटी गुल्मी जिल्ला संयोजक पुनाराम ज्ञवाली,युवा संगठन राज्य समिति सह इन्र्चाज पंकज राई ,केन्द्रिय सदस्य टिकाराम पोखरेल ,हिक्मत विक ,विद्यार्थी संगठनका जिल्ला संयोजक विमल पन्थी,रुपन्देही काठमाडौँ सम्पर्क मञ्चका गोकर्ण कुवँर,गुल्मी जिल्ला पाटीका संगठन विभाग प्रमुख चन्द्र बहादुर विक,क्षेत्रिय संयोजक तेजेन्द्र थापा ,सुचना तथा प्रचार विभाग प्मुख घन बहादुर थापा,नेकपा माओवादीका जिल्ला सदस्य खिम खड्का , प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा सदरमुकाम तम्घासमा प्रभावत फेरी कार्यक्रम गरिएको थियो । सदरमुकाम तम्घासको वालमन्दिर सभाहलमा चलि रहेको सम्मेलनका उद्घाटन सत्र समाप्त भई अहिले बन्द सत्र चलि रहेको र आज विहान सम्म जिल्ला कार्य समिति चयन गरिने नयाँशक्ती नेपालका जिल्ला संयोजक पुनाराम ज्ञवालीले जानकारी दिए । राष्ट्रिय युवा अभियान गुल्मीका संयोजक वावुराम बोहोराको अध्यक्षता सम्पन्न सम्मेलनको उद्घाटन शत्रमा प्रकाश स्वर्णकारको स्वागत मन्तव्य र जिल्ला पार्टी सचिव जनक पन्तको सञ्चालन रहेको थियो ।