Sorry, that menu does not exist.
 

पशुपति माविको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न !

निर्मल पौडल २०७४ माघ ९ । पर्वतको मोदि गाउँपालीका ७ राम्जा देउरालीमा रहेको पशुपति मा.वि. को ४९ औँ वार्षिकोत्सव तथा अभिभावक भेला विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

वसन्त पञ्चमीको अवसर पारेर विद्यालयले ४९ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको आयोजना गरेको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा विविध अतिरिक्त क्रियाकलाप समेत सम्पन्न भएका छन् । जसमा मेचघुमाइ, हााजिरजवाफ, भालेजुदाई लगायल नृत्य प्रतियोगिता पनि सम्पन्न भएका हुन् ।

प्रतियोगितामा प्रथम, व्दितिय, तृतीय र सान्त्वना हुनेलाई उत्कृष्ट पुरस्कार समेत वितरण गरिएको छ ।

कार्यक्रममा विधालयको शैक्षिक आर्थिक तथा भौतिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रध्यानाध्यपक लक्ष्मण गौतमले विद्यालयको शैक्षिक स्थिती सुधार गर्नको लागि शिक्षक विद्यार्थी र अभिभावक विचमा त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने वताए ।

त्यस्तै प्रमुख अतिथी ने.क.पा. माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गुप्त वहादुर हमालले विद्यालयको र समुदायको सम्वन्ध नङ् र मासुको जस्तो भएको भन्दै विद्यालयको सर्वङ्गीण गुणस्तर उकास्न समाजले सोच्नुपर्ने वताए ।

हमालले विद्यालयको स्तर उन्नोतिका लागि आफु शिक्षा सरकार सँग जुनकुनै वेला पनि तयार रहेको जिकिर गरे । त्यस्तै उनले शैक्षिक विकासले मात्र देशको विकास हुने भन्दै राज्यले उच्च शिक्षा सम्म निशुल्क र प्राविधिक शिक्षा प्रदान गर्नु पर्ने कुरामा जोड दिए ।

त्यस्तै कार्यक्रममा मोदी गाउँपालिका सातका वडा अध्यक्ष वसन्त वहादुर गुरुङले सरकारी विद्यार्थीहरुलाई वोर्डिङ्को मोहवाट मुतm गराउन शिक्षकको महत्वपुर्ण भुमिका रहनुपर्नेमा जोड दिए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक दुर्गा गौतम र सञ्चालन शिक्षक यादव प्रसाद गौतमले गरेका थिए ।

कार्यक्रममा शिक्षक विद्यार्थी, अभिभावक, सामाजिक व्यातिmहरु, वुद्धिजीवी, भलाद्मीको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply