छविलाल पाण्डे, बुर्तिबाङ २०७४ माघ ९ । ढोरपाटन नगरपालिकाको वडा नं १ देखि २ जोड्ने दुईवटा मोटरेबल पुलको एकैपटक निर्माण कार्य सुरु गरिएको छ । दुई बर्ष अघी ठेक्का सम्झौता भएपनी हालसम्म निर्माण कार्य हुन नसकेको बुर्तिबाङ बजारदेखि तारिखेत जोड्ने लक्ष्मीकुण्ड घाट पुल र गत आर्थिक बर्षमा ठेक्का सम्झौता भएको बुर्तिबाङ खप्तरीबाङ देखि वडा नं २ को सेराफांँट जोड्ने अर्काे गरी दुबै पुलको निर्माण कार्य एकैसाथ सुरु गरिएको डिवा निर्माण कम्पनीका साईड प्रतिनीधी सुरेज बजगांईले बताए । दुबै पुल निर्माणको जिम्मा डिवा निर्माण सेवाले पाएको छ ।
२०७१ सालमा बुर्तिबाङ लक्ष्मीकुण्ड घाटको ठेक्का प्रकृया भईसकेपनी गत २०७२ साल साउन ११ गते आएको बाढीका कारण नदीको दिशा परिवर्तन हुुंदा नदीको क्षेत्र पहिलेको भन्दा बढी फैलिएको र पुन नंया सर्वेप्रकृयाबाट निर्माण सुरु गर्नका निम्ती लागत बढी लाग्ने भएपछि निर्माण कम्पनीले कामलाई यथावत राखेर सडक बिभागमा जानकारी गराएको थियो ।
उतm बिषयमा सडक बिभागबाट आबश्यक प्रकृया अनुसार गत पुस २५ गते २ बर्ष म्याद थप गरी पहिले नापिएको ४० मिटर लम्बाईलाई बृद्धि गरेर ६० मिटर लम्बाई रहने गरी पुन सम्झौता भएसंगै पुल निर्माणकार्य सुचारु भएको आयोजनाले बताएको छ । उतm पुल प्रिस्टेट डिजाईनमा बन्ने छ । लम्बाई ६० मिटर रहंदा ४० मिटर र २० मिटरको गरी दुई स्पाममा निर्माण हुने उतm पुलको चौडा १० मिटरको रहने भएको ईन्जिनियर रुविन श्रेष्ठले जानकारी दिए ।
सोमबार बसन्त पञ्चमीका दिनदेखि डोजर लागएर पिल्लरको जग खन्ने काम सुरु गरिएको थियो । तिनवटा पिल्लर रहने गरी निर्माण हुने उतm पुलको यसबर्ष बिचभाग र बजार क्षेत्रको भागको पिल्लर पुरा गर्ने लक्ष्य रहेको र आगामि दुई बर्ष भित्र जसरीपनी आफुहरुले काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका प्रतिनीधि सरेश बजगाईले बताए ।
उतm पुल सडक डिभिजन कार्यालय मार्फत निर्माण कार्य भएको छ । त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत रहेको खप्तरीबाङ देखि सेरा हुंदै निसीखोला खण्ड जोडिने सेराघाटको मोटरेबल पुलको काम समेत एकै चरणमा सुरु भएको छ । यतिबेला रड बुन्ने, र आबश्यक प्राविधिक लगाएतका काम सुरु भईसकेको छ । एकै निर्माण कम्पनीले दुई वटा पुलको जिम्मा पाएका कारण आलोपालो गरेर एकै पटक सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको बजगांईको भनाई छ ।
उतm पुल ४० मिटर लम्बाई र १० मिटर चौडाको हुने छ । गत बर्ष डिजाईन प्रकयाृ र स्वाईलटेस्ट पुरा भईसकेपछि ठेक्का पाएको डिवा कम्पनीले आगामि दुई बर्ष भित्र निर्माण कार्य पुरा गर्ने सम्झौता छ । त्यहां गतबर्षको बाढीका कारण कुनै समस्या नभएका कारण अबदेखि निरन्तर काम हुने निर्माण कम्पनीले जनाएको छ ।