Sorry, that menu does not exist.
 

वर्षा सँगै हिमपातले डाँडाकाँडा ढाकिएपछी चिसो बढ्यो !

बिमल खड्का, बुर्तिवाङ २०७४ माघ १० । हिमपातले बागलुङ पश्चिम भागका डाँडा काँडा सेताम्मे बनेको छ । पहाडी क्षेत्रका ढोरपाटन, सोलेको धुरी, अर्नाकोट माथीको डाडामा हिउँ परेपछि चिसो बढेको छ । हिँजो राति परेको पानी र हिमपातले बेमौसी तरकारी आलुलाई फाईदा पुराएको किसानहरुले बताएका छन्

अहिले घाम पनि राम्रोसँग नलागी धमालधुमुल गरेकोले आज दिनभर नै जाडो हुने अनुमान गरिएको छ। एका एक मौषम परिवर्तन भई परेको पानी तथा हिउले डाडाकाडा सेतै देखिएका छन् । पश्चिमी वायुको प्रभावका कारण मौसम परिवर्तन भएको बताईएको छ ।

मौषम पुर्वमानुमान महाशाखाले आज बुधबार दिनभर मौसम बदली हुने र देशको पश्चिमी भेगमा बढी बर्षा हुने जनाएको छ ।

तस्वीर- भिङगिठेबाट देखिने बुर्तिवाङको अर्नाकोट माथिका डाँडाहरुमा हिमपात ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply