घनश्याम गौतम, गल्कोट २०७४ माघ १० । गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रभाबकारी काम गर्न उपभोक्ता समितिलाई आग्रह गरेका छन् ।
गल्कोट नगरपालिकाव्दारा आयोजित योजना कार्यान्वयनको सन्दर्भमा उपभोक्ता समितिलाई अभिमुखिकरण कार्यक्रमको आज हटियामा उद्घाटन गर्दै गैरेले सबै साना तथा ठुला योजनाहरुको पारदर्शी रुपमा सम्पन्न गर्नुपर्ने बताए ।
उनले भएको उल्लेख गरेका थिए । समृद्ध नगरपालिका निर्माण गर्न आर्थिक पारदर्शिता, जनमैत्री बिकास आजको आवश्यकता गल्कोट नगरपालिकाले योजना कार्यान्वयनको सन्दर्भमा उपभोक्ता समितिहरुलाई अभिमुखिकरण कार्यक्रम आज गल्कोट नगरपालिका बडा नं ३, ५ र ६ का उपभोक्ताहरुको लागी हटियामा आयोजना गरिएको थियो ।
कार्यक्रममा सबै वडा उपभोक्ता समितिका अध्यक्ष र एक जना महिला सहित सबै जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको नगर उपप्रमुख रेनुका काउचाले जानकारी दिँदै योजना स्टिमेट बमोजिम प्रभाबकारी हुनुपर्ने बताईन् ।
कार्यक्रमको उद्देश्यबारे प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुबेदीले स्थानीय तहका विकास निर्माणको सन्दर्भमा सम्बन्धित लाभाग्रहीहरुको सहभागितामा आवश्यकताको पहिचान, माग छनौट, योजना तर्जुमा,कार्यन्वयन तथा ,अनुगमन जस्ता बिषयमा सहजिकरण गरेका थिए । सुबेदीले अभिमुखिकरण कार्यक्रमबाट विकास निर्माण कार्यमा जनसमुदायको अपनत्व हुन गई निर्माण संरचनाहरु दिगो बनाउन र सम्पन्न संरचनाहरुको मर्मत सम्भार जस्ता भावी क्रियाकलापहरुको दायित्व बोध समेत हुन मद्दत पुग्ने नगरपालिकाको नीति अनुरुप उपभोक्ता समितिबाट योजना संचालन प्रक्रियालाई सहज,सरल र व्यवस्थित एवम् काम कारबाहीलाई पारदर्शी बनाउन उद्धेश्यिले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारि दिए ।
यो कार्यक्रम नगरपालिका क्षेत्रभित्रका सबै वडाहरुमा सँचालन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरपालिका क्षेत्रको सम्पुर्ण बस्तुगत विवरण सँकनल गर्न घरधुरी सर्वेक्षण समेत शुरु गरेको छ । जसवाट नगरपालिकाको आधिकारिक तथ्याङ्क आउने विश्वास सहित सबै नगरपालिका सदस्य र सबै कर्मचारी यस कामको लागी खटिएको प्रमुख प्रशासकीय अधिकृत सुेबदीले जनाकारी दिए ।
कार्यक्रममा गल्कोट नगरपालिका बडा नम्बर ५ की कार्यबाहक अध्यक्ष कमला ढकालले मन्तब्य राखेकी थिईन ।
कार्यक्रम बडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीको अध्यक्षता, बडा नम्बर ६ का अध्यक्ष नर बहादुर खत्रीको स्वागत, तथा माधब प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
फाईल तस्वीर ।