Sorry, that menu does not exist.
 

अपांगता भएका भीमापोखराका पौडेल परिवारलाई एक लाख सहयोग हस्तान्तरण

भरतप्रसाद सापकोटा, बिहुँ (बागलुङ) २०७४ माघ १० । काठेखोला गाउपालिका २ भिमपोखराका अपांगता भएका बिदुर पौडेलको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । शारीरिक रुपमा अशक्त रहेका पौडेलाई काठेखोला बिहुँ ५ कर्लिम घरभै हाल जापानमा व्यवसाय गर्ने दिपक सुवेदीले स्थापना गरेको दिपवे फÞाउन्डेशनको तर्फवाट १ लाख सहयोग गरिएको हो ।

अमर माविको वाषिकोत्सव समारोका अवसरमा दिपक सुवदीका पिता बालकृष्ण सुवेदीले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

पौडेलका दुई सन्तान मध्य छोरा प्रवेश पौडेल शारीरिक रुपमा अशक्त छन् । आर्थिक अवस्था निक्कै कमजÞोर रहेको पौडेल परिवारमा वावु छोरा नै अपाङ्ग भएपछि घर खर्च चलाउन मुस्कील परेको छ ।

समुदायमा रहेका विपन्न अपाङ्ग र असाय व्यक्ति तथा गरिव तथा जेहेन्दार विद्यार्थी हरुको शैक्षिक उन्नयन को लागी फाउण्डेशन स्थापना गरिएको हो ।

विदुर पौडेल आफैमा अपाङ्ग छन् उनको गर्दन चल्दैन । एक श्रीमती दुई सन्तान रहेका उनलाई ईश्वरले नै त्यस्तै सन्तान दिईएकाले कसरी तिनिहरुको भबिष्य गुज़रा चलाउने भन्ने पिरलो रहेका वेला प्रदान गरिएको यो सहयोग रकम आएपछि केहि राहत महसूस गरेका छन् ।

उनका दुई सन्तान मध्ये छोरा प्रवेश हलचल समेत गर्न सक्दैनन् उनलाई यताउता गराउन समेत अरु कसैको सहायता लिनुपर्ने बाध्यताले अझै ठुलो समस्या थपिएको छ। परिवारको आर्थिक अवस्था निक्कै कमज़ोर रहेको पौडेल परिवारमा उनि र छोरा नै अपाङ्ग भएपछि आम्दानि को कुनै श्रोत छैन श्रीमति र पढ़ाईमा रहेकी छोरीको भरमा कसरी खर्च चलाउने भन्ने पीडाले सधै पिरलो रहेको पौडेलले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply