पूर्णभद्र निउरे बागलुङ २०७४ माघ ११ । मालिका माध्यामिक बिद्यालय बानपा ५ को ४१ औ बार्षिकोत्सब तथा अभिभावक दिबस बुधबार सम्पन्न भएको छ ।
बार्षिकोत्सब कार्यक्रममा बोल्दै प्रदेश न ४ का प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले शिक्षा समाज बिकास को मेरुदण्ड भएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबै सरोकारवालाको सक्रिय भूमिका आबश्यक रहेको बताए । उनले बिद्यालयको शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रम मा बागलुङ नगरपालिका का प्रमुख जनकराज पौडेल , वडा न ५ का अध्यक्ष शिव प्रसाद सापकोटा ,रात्माटा स्रोत केन्द्रका स्रोत ब्यक्ति ढक बहादुर पुन, नेपाल शिक्षक महासघ बाग्लुङका सचिब केशबराज रेग्मी, जिल्ला जनस्वास्थ्य बागलुङ का धनश्याम साप्कोटा लगायत ले शुभकामना मन्तव्य व्यक्त गरेकमा थिए । बिध्यालयको प्रगती तथा आर्थिक प्रतिबेदन प्रधानाध्यापक सोप बहादुर रोकाले प्रस्तुत गरेका थिए।
सो अबसरमा बिद्यालयका चन्दादाता,पूर्व बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक ,सस्थापक , अक्षयकोषदाता लगायत अन्य सहयोग दातालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जन कल्याण दुग्ध उत्पादन सहकारीका अध्यक्ष धरणिधर सापकोटाले बिद्यालय लाई १ थान प्रोजेक्टर सहयोग प्रदान गरेका थिए।
बिद्यालयले बार्षिकोत्सबका अबसरमा बतृत्वकला हाजिरी जवाफ, निबन्ध लेखन नृत्य तथा कबर्दी प्रतियोगिता सम्पन्न गरेको बिधालय का सूचना अधिकारी राजेन्द्र सुवेदीले बताए ।
कार्यक्रम बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षता शिक्षक भक्ती प्रसाद सापकोटा को स्वागत र शिक्षक सुरेश सुनार को संचालन मा सम्पन्न भएको थियो ।