Sorry, that menu does not exist.
 

लागुपदार्थ विरुद्धको जनचेतनामुलक कार्यक्रम : आफु पनि बचौ, अरुलाई पनि बचाउँ !

पोखरा, २०७४ माघ १३ । पोखरामा लागुपदार्थ विरुद्धको जनचेतनामुलक कार्यक्रममा एउटा नाटक प्रदर्शन गरिएको छ । ‘मुक्ति’ नामक नाटकमा लागुपदार्थको कुलतमा फसेपछी जीवनको अन्त्य कति पीडादयी हुन्छ भन्ने दर्शाईएको छ ।

नाटकको सारसंक्षेप यस्तो छ, आमाको बलत्कार पछि हत्या भयो, युद्धमा गएका बाबु नफर्किनुको पीडा, विदेशिएका दाजुभाई घर फर्किएनन् , दिन बिताउन कस्ता कस्ता अफ्ठ्याराहरु भोगिन अनि कुलतमा पनि फस्न थालिन, कयौ पटक अस्मिता पनि लुट्यो पापी संसारले !

जीवन, जीवन रहेन, जिउदो लास भयो जिन्दगी, अनि लागुपदार्थ भयो सहारा, अन्त्यमा त्यसैको फलस्वरुप सकियो जीवन, शरिर मात्र रह्यो रहेन प्राण । जीवनमा अनेकौ सघर्ष गर्नु पर्ने मोड आउछ ! कहिल्यै पनि गलत अथवा कुलतको वाटो रोज्नुहुन्न भन्ने संदेश यसले दिएको छ !

यो नाटकले दिएको सन्देश हो ‘आफु पनि बचौ अरुलाई पनि बचाउँ ।’
बाकी भिडियोमा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply