मित्र खरेल, गल्कोट २०७४ माघ १३ । गल्कोट काँडेवासमा जनजागृति माबिको हिरक महोत्सव भोलि समापन हुँदैछ । आजको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले प्राबिधिक रुपमा शिक्षण गरे शिक्षाको बिकास हुने बताएका छन ।
जनजागृति माबिलाई प्राबिधिक रुपमा उन्मुख गराउनका लागी आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै ढुंगानाले बागलुङ जिल्लाभर शिक्षा, स्वास्थ र कृषि क्षेत्रको बिकास गर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपसंयोजक बिष्णु भुषाल पूर्व शिक्षक जन खरेल, पूर्व बिद्यार्थी नारायप्रसाद सापकोटा, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
शनिवार सञ्चालन गरिएको कबडी प्रतियोगितामा न्यु लाईफ बोडिङ स्कुल प्रथम, जनजागृति माद्यमिक बिद्यालय व्दितिय र न्यु साईन स्टार बोर्डिङ स्कुल तृतिय भएका छन ।
माद्यमिक बिद्यालय स्तरिय बादबिबाद प्रतियोगितामा न्यु साईन स्टार बोडिङ स्कुल प्रथम, न्यु लाईफ आवसिय माद्यामिक बिद्यालय व्दितिय र हरि माद्यामिक बिद्यालय हिल तृतिय भएका छन । खुल्ला महिला र पुरुष भलिबल प्रतियोगिता सञ्चालन भईरहेको छ । गत माघ १० गतेदेखि सञ्चालन गरिएको हिरक महोत्सव भोलि सम्म चल्ने बिद्यालयका प्रध्यानाध्यापक तेजिन्द्र बुढाथोकीले जानकारी दिए ।
कार्यक्रममा कलाकार रामजी खाण र हास्यकलाकार दिपक थापा मगर, जुना श्रीसको साँीितिक प्रस्तुति रहेको थियो । कार्यक्रममा चन्दादाता, पुर्व बिद्यालयका शिक्षक, पुर्व बिद्यालय ब्यवस्थापन समितीका सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम बिद्यलाय ब्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाको अध्यक्षता, शिक्षक सोमलाल सापकोटा, डिल बहादुर बुढाथोकी र धन बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।