Sorry, that menu does not exist.
 

अधिकारीचौर स्थित शिवालय माबिमा भ्रष्टाचार नियन्त्रण सम्वन्धी अन्तरक्रिया !

सुमन सुनार, बागलुङ, २०७३ माघ २३ । अधिकारीचौर गाउँ विकास समिति स्थित एक विद्यालयमा भ्रष्टचार नियन्त्रणमा विद्यार्थी तथा नागरिक समुदायको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा शिवालय माध्यमिक विद्यालय सइखोलाका शिक्षक विद्यार्थी,स्थानिय समाजसेवी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा सरकारी कार्यालयहरुमा नागरिकलाइ दिने सेवा सुविधामा ढिलासुस्ती, भ्रष्टाचार, सडक, शिक्षा लगाएतका क्षेत्रमा हुने अनियमितता लगायतका भ्रष्टचारजन्य कार्य नियन्त्रणमा विद्यार्थी तथा नागरिक समुदायको भुमिका कस्तो रहने भन्ने विषयमा आयोगका सदस्य एवं प्रहरी निरिक्षक कृष्ण कुमार चन्दले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा आयोगको शाखा कार्यलय पोखराका अधिकृत जय प्रकाश रेग्मी, जिल्ला शिक्षा कार्यलय बागलुङका विद्यालय निरिक्षक भरत काजी अर्याल, उत्तर गंगा उच्च माध्यमिक विद्यालयका श्रोत ब्यक्ती बेद बहादुर बुढा, शिवालय माध्यमिक विद्यालय अधिकारीचौरका प्रअ देवेन्द्र छन्त्याल, शिवालय माध्यमिक विद्यालय अधिकारीचौरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेक वहादुर घर्ति लगायतको सहभागित रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply