Sorry, that menu does not exist.
 

सिवाईसी नेपालको नेतृत्व विकास तथा पूर्व सेवाकालीन तालिम समापन !

सुमन जि.सी.बागलुङ, २०७३ माघ २३ । चारतारे युवा क्लव सिवाईसी नेपालको आयोजनामा मिति २०७३ माघ १८ देखि २३ गतेसम्म सञ्चालीत ६ दिने नेतृत्व विकास तथा पूर्व सेवाकालीन तालिमको आईतवार समापन भएको छ ।

तालिम समापन सत्रमा बोल्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाले लघुवित्त कार्यक्रमको माध्यमवाट ग्रामीण क्षेत्रमा बसोवास गरेका गरिव, विपन्न एवं पछि पारे पारिएका वर्गहरुको जिवनस्तरमा सुधार गर्नका लागि उनीहरुलाई व्यवसायमा संलग्न गराउनुका साथै तालिम, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगाएतका कार्यहरु गरी देशको गरिवी न्यूनीकरणका लागि कार्य गरिरहेको बताए । पौेडेलले नवनियूक्त कर्मचारीहरुलाई गरिवी न्यूनीकरणको यो महान लडाईमा सिवाईसीसंग हातेमालो गर्ने अठोट गरेकोमा धन्यवाद दिदै बधाई तथा सफल कार्यकाल शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहाकार एवं कार्यक्रमका प्रमुख अतिथी देववहादुर श्रेष्ठ, उपाध्यक्ष लक्ष्मण ख्ड्का, कोषाध्यक्ष विमला गुरुङ, कार्यसमिति सदस्य सीता शर्मा, रेशमवहादुर खत्री लगाएतले नवनियूक्त कर्मचारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । तालिममा सहभागिहरुको तर्फवाट मदन घिमीरे र नम्रता कुमालले प्रतिवद्धता सहित मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्क्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रवन्धक संगिता शर्मा पौडेलले गरेकी थिईन ।

संस्थाले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन तथा संस्थाका शाखा कार्यालय विस्तार र आवश्यक संस्थागत क्षमता अभिवृद्धिका लागि संस्थाको सिद्धान्त अनुसार लिखीत, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा सम्पन्न गरी अधिकृत र जुनीयर सहयाक तहका १३ जना कर्मचारीहरु नियूक्ती गरिएको थियो ।

यसरी नियूक्त कर्मचारीहरुलाई संस्थाको परिकल्पना, लक्ष्य, ध्येय, उद्देश्य, संस्थागत संरचना, काम कर्तव्य र अधिकार, कार्य पद्धती, लघुवित्त कार्यक्रम सञ्चालन प्रकृया यसका चुनीती अवसरहरु, कानुनी संरचना, कार्यालय व्यवस्थापन लगाएतका आधारभुत, सैद्धान्तीक र व्यवहारीक पक्ष समेटेर यो तालिमको आयोजना गरिएको प्रशिक्षक एवं तालिम संयोजक मुक्तीप्रसाद शर्माले जानकारी दिए ।

कार्यक्रममा तालिलमा सहभागि १३ जनालाई ३ चरणमा गरि संस्थाका विभिन्न शाखा कार्यालयहरुमा नियूक्ती प्रदान गरिएको छ । साथै तालिममा उत्कृष्ठता हाँसील गर्ने कमल खत्री र प्रतिमा सुर्यवंशीलाई पुरस्कृत समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply