बागलुङ, २०७३ माघ २४ । नेकपा एमालेको भातृ संगगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बागलुङको हालै सम्पन्न जिल्ला भेलाबाट सर्वसम्मत चयन भएको जिल्ला सम्मेलन आयोजक कमिटिको पूर्ण वैठकले जिम्मेबारी बाँडफाँड गर्दै संगठन सृदृढीकरण अभियानलाई तिब्रताका साथ अगाडि बढाउने निर्णयका साथ राष्ट्रियताको संरक्षण, व्यवहारिक र वैज्ञानिक शिक्षा, रोजगार र समृद्ध मुुलुक निर्माणका पक्षमा संगठन परिचालन गरिने जनाएको छ ।
शनिवार सम्पन्न वैठकले संयोजक शेखर खड्का, सहसंयोजक दिनेश थापा, सचिव शिव शर्मा, सहसचिव प्रगति थापा मगर र कोषाध्यक्ष रविना वि.क तथा सदस्यहरु दिपक पुन मगर, बीरबहादुर थापा, रोशन जिसी, सोविता पौडेल, सुरेश रेग्मी, मधु पौडेल, खिमा पुन, रोशन कुँवर, लेखनाथ सापकोटा (प्रदिप) र सौगात खड्का रहने गरी १५ सदस्यीय सचिवालय गठन गरेको छ ।
यस्तै वैठकले संगठन सुदृढीकरणका लागि भुगोल तथा विभागिय जिम्मेवारी प्रदान गरेको छ । क्षेत्र नम्बर १ मा सुरेश रेग्मी, २ मा शिव शर्मा र ३ मा दिनेश थापालाई जिम्मेवारी दिइएको छ । यस्तै बागलुङ नगरपालिकामा लेखनाथ सापकोटा र सौगात खड्का, जैमुनी नगरपालिकामा मिलन पाठक र लक्ष्मण नेपाली, गलकोट नगरपालिकामा रविना वि.क, ढोरपाटन नगरपालिकामा दिपक पुन, काठेखोला गाउँ पालिकामा रोशन कुँवर र बीरबहादुर थापा, ताराखोला गाउँ पालिकामा रोशन जिसी, बरेङ गाउँपालिकामा खिमा पुन, बडीगाड गाउँपालिकामा अनिष पाठक, निसीखोला गाउँ पालिकामा प्रतिक घर्ति मगरलाई जिम्मेवारी दिइएको छ ।
विभाग अन्तरगत संगठन विभागको प्रमुखमा शिव शर्मा, प्रचार विभाग प्रमुखमा रोशन जिसी, स्ववियू परिचालन विभागमा शेखर खड्का, खेलकूद तथा स्वयंसेवक विभागमा प्रतिक घर्तिमगरलाई जिम्मेवारी दिइएको छ । अन्य विभागहरु समेत गठन गरिने जनाइएको छ ।