नारायण रिजाल, बागलुङ, २०७४ माघ १६ । जिल्लामा संचालिन एच.आईं.भि. एड्सबाट संक्रमितहरुका लागि लक्षित गरी संचालन गरिएको हेरचाह केन्द्रलाई अब स्थानिय निकायको सहयोगको आवश्यक रहेको सरोकारवलाका भनाई रहेको छ ।
धौलागिरी पोजेटिभ समुह बागलुङ द्धारा आयोजित सरोकारवालाहरु संगको समन्वयात्मक बैठकमा सो कुरा बताईएको छ । हाल सम्म उक्त संस्थाले एनएपिनको साझेदारी ग्लोबल फण्ड र सेभद चिल्डेनको सहयोगमा संचालित कार्यक्रमको अन्तिम चरणमा आए पश्चात यस कार्यक्रमलाई निरन्तरता दिनका लागि अब स्थानिय स्तरबाट सहयोग हुनुपर्ने बताईएको छ ।
जिल्लामा संचालित उक्त सामुदायिक हेरचाह केन्द्रमा अहिले लगभग १ सय ३२ जना संक्रमितहरु धौलागिरी अंचल अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा संस्थाबाट सेवा लिईरहेको समुहका अध्यक्ष चन्द्र बहादुर खत्रीले बताए । उनिहरुले अस्पताल र एआरटि सेन्टरमा सेवा लिन आउँदा खान बस्नको व्यवस्था हेरचाह केन्द्रले गरेको छ । हेरचाह केन्द्रका लागि सहयोगी कार्यक्रमको अवधि फागुन सम्म मात्र रहेको हुनाले संक्रमितलाई आउँदो दिनमा सेवा दिनको लागि कसरी व्यवस्थापन गर्ने भन्ने संस्थालाई चिन्ता रहेको संस्थाका अध्यक्ष खत्रीको भनाई छ । बैठकमा बागलुङका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले अबको दिनमा संस्थाको कार्यक्रम निरन्तरताको लागि स्थानिय तहबाट सहयोगको खाँचो रहेको बताए । हेरचाह केन्द्रले संक्रमितको स्वास्थ्य सुधारका लागि टेवा पुग्ने भएकोले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताए ।
केन्द्रमा संक्रमितलाई खाना,वस्नको व्यवस्थाका साथै मनोबैज्ञानिक परामर्श र जतिलता भएका संक्रमित विरामीलाई रेफरका लागि पनि केहि राहत प्रदान गरिने व्यवस्था रहेको संस्थाले जनाएको छ । बैठकमा धौलागिरी अंचल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागर कुमार राजभण्डारी, जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत भेषराज शर्मा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य नारायण रिजालले कार्यक्रम दिगोपनका लागि एउटा अवधारणा पत्र तयार पारी जिल्लाका सबै स्थानिय तहमा सहयोगको अपिल गर्नुपर्ने बताए । संस्थाको अहिले सम्मको प्रगतिको बारेमा संस्थाका वित्त तथा कार्यक्रम अधिकृत चन्द्रकान्त आचार्यले जानकारी गराएका थिए ।
संस्थाले अहिले हेरचाह केन्द्रका अवला अन्य कार्यक्रम पनि संचालन गर्दै आएको छ । कार्यक्रम जिल्ला जनस्वास्थ्य प्रमुख दिपक प्रसाद तिवारीको अध्यक्षता एचआईभि फोकल पर्सन देव प्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।