Sorry, that menu does not exist.
 

पहिलोपटक आइवल एकेडेमीमा १ दिने हस्तलेखन सुधार कार्याशाला तालिम सम्पन्न

निर्मल पौडेल, पर्वत २०७४ माघ १७ । जिल्लाको कुस्मा नगरपालिका ९ कटुवाचौपारीमा अवस्थित आइवल एकेडेमी अँग्रेजी आवासिय माध्यमिक विद्दालयमा एक दिने हस्तलेखन सुधार कार्याशाला तालिम मंगलवार सम्पन्न भएको छ । पुर्व प्राथमिक तहमा अध्ययनरत वालवालिकाका अभिभावकहरु र विद्यालयका शिक्षकहरुलाई हस्तलेखनमा सुधार ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा पुर्वप्राथामिक तहका वालवालिकाहरुलाई कसरी पढाइप्रति रुची र उत्प्रेरणा जगाउने त्यस्तै अक्षरलेखन कलामा कसरी प्रभावकारीता ल्याउने भन्ने विषयमा प्रशिक्षण दिईएकोे विद्यालयले वताएको छ ।

तालिमको सहजिकरण टि.सी.स्टार प्रा.लि.काठमाडौका प्रशिक्षकहरु देवेन्द्र आचार्य र सानु जोशीले गरेका थिए । प्रशिक्षक आचार्यले पुर्व प्रथामिक विद्यालयका वालवालिकाहरुलाई अभिभावकहरुले धेरै समय दिएर सिकाइप्रति प्रेरित गर्नुपर्नेमा जोड दिए । त्यस्तै उनले वाल्यअवस्था जिन्दगीकै आधारशिलाको अवस्था भएकोले हरेक कुराहरुमा ख्याल गर्न आग्रह गरे ।

करिव ४० जना अभिभावक र शिक्षकहरुको सहभागिता भएको तालिममा टि.सी. स्टारका कार्यक्रम निर्देशक रमेश पराजुलीले अभिभावकहरुलाई घरमा वालवालिकाको सिकाइमा वढि ख्याल गर्नुपर्ने भन्दै गृहकार्य गर्ने वेलामा हौसला प्रदान गर्दै नजानेको विषयललाई सहज वातावरण वनाइदिनका लागि आग्रह गरे । पराजुलीले तालिममा सिकेका हरेक कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे ।

तालिममा सहभागी अभिभावकले वेलावेलामा यस्ता प्रेरणात्मक तालिमहरु आवश्यक भएको औँलाए । पर्वत जिल्लामानै पहिलोपटक विधालयले अभिभावकहरुलाई लक्षित गरी यस्तो तालिमको आयोजना गरिएकोे विद्दद्यलयका प्रिन्सिपल विमल पौडेलले दावी गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply