झरना कँडेल २०७४ माघ १८ । ढोरपाटन नगरपालिकामा आज सर्वदलीय बैठक सम्पन्न भएको छ । नगरप्रमुख देबकुमार नेपाली तथा उपप्रमुख करमती पुन लगायत सम्पुर्ण राजनीतीक दलहरुका प्रतिनिधीहरु वीच भएको बैठकमा नगरपालिकाले गर्ने बिकासका क्रममा राजनीतीक दलको सुझाब निकै महत्वपुर्ण रहने भन्दै बिभिन्न राजनीतिक दलका प्रतिनीधीले नगरप्रमुखलाई सल्लाह सुझाब दिएका थिए ।
नेकपा माओबादी केन्द्र ढोरपाटन नगरसंयोजक चन्द्रलाल अर्याल , नेपाली काग्रेंसका शालीकराम शर्मा , नयाँशक्ति नेपालका टेक बहादुर कुवंर , राष्ट्रीय जनमोर्चाका दल बहादुर भण्डारी, नेकपा क्र्रान्तीकारी माओबादीका निल बहादुर पुन, नेकपा एमालेका टंकप्रसाद पौडेल लगायतले नगरप्रमुख नेपालीलाई सल्लाह सुझाब दिएका थिए ।
सुझाबका क्रममा, नगरपालिकाले गरेको कर निर्धारणमा कुनै ठाउँमा अली बढी र कुनै ठाउँमा अली कम भएके भन्दै अवस्था हेरेर समायोजन गर्न माग गरेका थिए । सारै न्युन बनाउनुपर्छ भन्ने उघेश्य आफुहरुको नभएको बताउदै सहभागी वक्ताहरुले जनताको ढाडै सेक्ने तरीकाले कर नीर्धारण पनि गर्न नहुने बताएका थिए ।
त्यस्तै, नगरपालिकाले पहिले बिकासका कार्य गर्नुभन्दा अगाबै कर मात्रै बढाएको आरोप लगाउदै, ब्यवसायीहरुको पनि बर्गीकरण गरेर सबैको सल्लाह सुझाब लिएर मात्र कर समायोजन गर्न आग्रह गरेका थिए ।
यसैगरी , सबैभन्दा बिबादित करको बिषयर्लाइ छिट्टै निकास दिन तथा नगरपालिका र नगर बिकास बिच सुमधुर सम्बन्ध कायम गरी बिकासका कार्यलाई बिब्रता दिने तथा बजेट बिनियोजनका क्रममा आवश्यक समस्याको पहिचान गरेर मात्रै बिनियोजन गर्न आग्रह गरेका छन् ।
सोही अबसरमा नगरप्रमुख देबकुमार नेपालीले आएका सल्लाह सुझाबलाई मनन गर्दै, यी सबै कुरालाई विशेष प्राथामिकता दिने बताए । उनले उठेको करको बिषयको बिबादित कुरालाई समाधान गर्नका निम्ती उपमेयरको संयोजकत्वमा वडा नं १,२, ५ र ६ का वडाध्यक्ष, नगरपालिकाका प्रशासकीय अधिकृत तथा एकजना राजनीतिक दलका प्रतिनिधी र उद्योग बाणीज्य संघ बुर्तिबाङका अध्यक्ष लगायतको समितीले छलफल गरेर निकालेको निचोड अनुसार कर निर्धारण गर्ने बताए । नगरप्रमुख नेपालीले बुर्तिबाङ बजारमा पीच तथा ढलान गर्नका निम्ती ईन्जिनियरले काम थालिसकेको जानकारी दिए ।
बैठकका अबसरमा मालपोत तथा शिकार आरक्षबाट उठेको आन्तरिक राजस्व जिल्ला समन्वय समिती मातहतमा रहेको भन्ने दलहरुको गुनासो आएकाले सोही अबसरमा सर्बदलीय छलफल गरेर सो राजस्व अबदेखी ढोरपाटन नगरपालिकाको अनुमति बिना बाहिर जान नदिने निर्णय गरिएको छ ।