कौरव खत्री, गुल्मी २०७४ माघ १८ । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई एकजना पूर्व विद्यार्थीव्दारा रु. २० लाख भन्दा बढिको आर्थिक सहयोग गरेका छन् ।
मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदी स्थित त्रिभुवन माध्यमिक विद्यालयको लागि सोही वडा नं. कुर्घा देउताथान जन्मभइ हाल चितवन बसोबास गदै आएका घनश्याम शर्माले २० लाख, ५ हजार १ रुपैया आर्थिक सहयोग गरेका हुन् ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहेका हाल रोजगारीको सिलसिलामा बेल्जियममा कार्यारत शर्माले आफ्नी स्व. माता डिलादेवी शर्मा पंगेनीको सम्झनामा डिलादेवी स्मृति सभाहल र डिलादेबी स्मृति गरिव तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने गरी उक्क्त आर्थिक सहयोग प्रदान गरेको विद्यालयका शिक्षक गोपाल रायमाझीले ईबागलुङलाई बताए ।
स्थापना कालको ५० बर्ष पुगेको अवसरमा विद्यालयले आँउदो फागुन ३ देखि ७ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।
यतिबेला महात्सबको नारा ‘गुणस्तरीय प्राबिधिक शिक्षा, नमुना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित महोत्सवलाई लक्षित गदै आर्थिक संकलन र प्रचार प्रसारलाई तिव्रता दिएको विद्यालयका शिक्षक रायमाझीले बताए ।