Sorry, that menu does not exist.
 

नगरपालिकाले सहयोग नगरेपछी मोटरबाटो खन्न कृषक आफै जुर्मुराए !

विजय राना, बागलुङ २०७४ माघ १८ । स्थानीय तहको सहयोग नपाए पछि बागलुङ नगरपालिका वडा न. ३ का कृषकहरु आफैले मोटरबाटो खन्न सुरु गरेका छन् ।

जिल्लाकै एक मात्र कृषि गाउँमा कृषि गाउँ–कालढुङ्गा–खुट्टेवर सम्म पुग्ने १ सय मिटरको मोटरबाटो निर्माणको लागि कृषकहरु आफै जुर्मुराएका हुन् ।
अगुवा कृषक गंगा थापाको नेतृत्वमा कृषकहरुले ३ दिन देखि लगातार श्रमदान गरिरहेका छन् । खेतबारीमा मल पु¥याउन, कृषकले उत्पादन गरेको सामाग्री ल्याउन÷लैजान सहजता पु¥याउने उद्धेश्यले मोटरबाटो निर्माण कार्य सुरु गरिएको हो ।

मोटरबाटो निर्माणको लागि करिब ५ लाख रुपैयाँ बराबरको श्रमदान गरिने अगुवा कृषक रेशम गिरीले जानकारी दिए ।

मोटरबाटोको लागि कृषकहरुले दैनिक रुपमा श्रमदान गरिरहेका छन् । अगुवा गाउँमा ६० जना भन्दा बढि अगुवा कृषक रहेका छन् ।

केही वर्ष अघि सम्म बाँजो रहेको त्यस ठाउँमा अहिले भने प्रत्येक व्यक्ति तथा परिवारले कृषि पेशा अंगालेका छन् । त्यस ठाउँका मानिसको मुख्य आम्दानीको श्रोत नै कृषि पेशा हो ।

कृषकहरुले मिर्मिरे कृषि सहकारी संस्था समेत सञ्चालन गरेका छन् । त्यस कृषि सहकारीमा २ सय ५० भन्दा बढी कृषकहरु आबद्ध छन् । मोटर बाटो निर्माण भए संगै कृषि व्यापार पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply