बागलुङ २०७३ माघ २४ । स्थानिय पुनर्संरचनाको क्रममा बागलुङको बरेङ गाउँपालिकाको केन्द्र बरेङमा नभई बाटाकाचौरको नयाँबजारमा हुनुपर्ने स्थानियको माग रहेको छ । स्थानिय तह पुनर्संरचना जिल्ला प्र्राविधिक सहयोग समितिलाई हुग्दिशिर, सल्यान, सुखौरा, बाटाकाचौर र धुल्लुबास्कोटका स्थानियले आज प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाएका छन ।
ज्ञापन पत्रमा जिल्लाको स्थानिय तह पुर्नसंरचना अनुसार जिल्लाका सम्पुर्ण राजनैतिक दल तथा प्राविधिक समितिले अन्तिम छलफलको निर्णय अनुसार धुल्लुबास्कोट, हुग्दिशिर, बाटाकाचौर सल्यान र सुखौरा गाविस र पैयुँथन्थापको १,२ र ९ साथै राङखानीका ८ र ९ वडालाई समावेश गरी बरेङ गाउँपालिका सिफारिस गरिएको थियो ।
ज्ञापन पत्रमा हाल स्थानिय तह पुनर्संरचना आयोगका प्रतिवेदन अनुसार पैयुथन्थाप र राङखानीलाई जैमुनि नगरपालिका कुश्मिसेरामा समावेश गरिएको छ । बाँकी गाविसलाई बरेङ गाउँपालिकामा राखियता पनि बरेङमा धुल्लुबास्कोट बाहेक अन्य गाविसलाई पायक नपर्ने हुँदा उक्त निर्णय तत्काल सच्चाउनुपर्ने र बाटाकाचौर नयाँ बजरामा कायम गर्नुपर्ने भनी स्थानियले माग गरेका छ । भौगोलिक हिसाबले हुग्दीशिर, बाटाकाचौर, सल्यान सुखौरा गाविसको एक केन्द्र विन्दु बाटाकाचौर रहेको र आफुहरुले बरेङमा जान नमान्न गाउँपालिका केन्द्र माग समितिका अध्यक्ष तुलसीराम पौडेलले बताए । हामी स्थानिय सबै राजनैतिक दल नागरिक समाजको माग भनेकै बरेङ गाउँपालिकाको केन्द्र बाटाकाचौरको नयाँ बजार हुनु पर्छ भन्ने हो पौडेलले भने यदी नभएमा हामी थप आन्दोलनका कामलाई अगाडि बढाउँछौ ।
ज्ञापन पत्र स्थानिय विकास अधिकारी मार्फत राज्य पुर्नसंरचना आयोगमा पनि पठाईएको छ । यता स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले उक्त ज्ञापन पत्र पुनर्संरचना आयोगमा पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै मंगलवार जिल्लाका सम्पुर्ण राजनैतिक दल र जिल्ला प्रशासन कार्यालयमा उक्त ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको स्थानिय दिलप्रसाद शर्माले बताए ।