पर्वत २०७४ माघ २० । पर्वत जिल्लाको फलेवास नगरपालिका ३ चाउका स्थित जनसहयोगी माध्यमिक बिद्यालयमा कक्षा १ देखी १० सम्म अध्ययनरत छात्रछात्राहरुका लागी जलजला ७ धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आएका समाजसेवी दधि आचार्यले बेलायतबकाट १ सय ७० था न्यायो कपडा सहयोग गरेका छन् । समाजसेवी आचार्यले पठाएको सो न्यायो कपडा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल स्वयंले लगेर विद्यार्थीहरुलाई हालै वितरण गरेका छन् ।
खोलाको किनार र जंगलको बिचोवीच रहेको यस विद्यालयमा अधिकाँश विपन्न दलित परिवारका बालबालिकाहरु अध्ययनरत छन् । विद्यालय र बिद्यार्थीको अवस्था बुझेर नै समाजसेवी आचार्यले न्यायो कपडा पठाएर जाडो मौसममा बालबालिकाहरुका लागि निकै गुण लगाएको सरोकारवालाहरुले बताएका छन् भने न्यानो कपडा लगाउन पाएकोमा विद्यार्थीहरु निकै प्रशन्न देखिएका छन् ।
बिद्यालयमा स्वयं पुगेर न्यायो कपडा वितरण गरेपछी जिल्ला शिक्षा अधिकारी पौडेल न्यून अवस्थाका बिच विद्यालय र विद्यार्थीको लगनशिलताको प्रशंसा गरेका थिए ।
विद्यालयको शैक्षिक गुणस्तर उत्कृष्ठ भएकाले डेढ घण्टाको बाटो हिंडेर कुश्मा नगरपालिका र फलेवास ४ मुडिकुवाका विद्यार्थीसमेत पढ्न आउने गरेको प्रधानाध्यापक गणेशबहादुर थापाले बताए।
बिभिन्न दाताहरुको सहयोगमा जेनतेन चलेको विद्यालयमा अहिलेसम्म माध्यमिक दरबन्दीको शिक्षक नभएको राज्यबाट उपेक्षित रहेको दुखेसो प्रधानाध्यापक थापाको थियो ।
सीमित स्रोतबाट सञ्चालित न्यून पारिश्रमिक दिएर अधिकांश शिक्षकलाई स्थानीय स्रोतबाटै व्यवस्थापन गरिएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर थापाले बताए ।