प्रेम सुनार, गुल्मी २०७४ माघ–२१ । अधिकांस विदेशबाट फर्किएका युवाहरुले गुल्मीको रिडीखोला बगरको बालुवामा तरकारी खेती सुरु गरेका छन् । यस वर्षको माघेसक्रन्ति मेलाको स्टल बनाउँदा प्रयोग भएका वाँस र जस्ता पाता सदुपयोग गर्ने सोच निकाल्ने क्रममा रुरु गाउँपालिका वडा नम्वर १ , रिडी वजारका १४ जना युवा र केहि पाका व्यक्तिहरु समेत मिलेर ८ रोपनी भन्दा बढि क्षेत्रफल वगरलाई कम्पाउण्डिङ्ग गरेर तिते करेला रोप्न सुरु गरेका हुन् । वाँस र जस्ता पाता वाहेक १४ जनाले जनही ५ हजारका दरले रकम संकलन गरी विरुवा लगाउने डोबहरु खन्ने आधुनिक मेशिन मगाएर आफैले तिते करेला रोप्ने कार्य सम्पन्न गरी सकेका छन् ।
साढे तिन महिनामा ८ मेट्रिक टन तिते करेला उत्पादन गरेर वजारमा पुराउने लक्ष्य लिएको करेला रोप्नमा भ्याई नभ्याई युवाहरु बताउँ छन् । मलेशियाको रोजगारमा छँदाको संघर्ष र अनुभवबाट गाउँ फर्केर तरकारी खेती सुरु गरेका रिडीका प्रेम भण्डारी, कोरियाको रोजगारी गरेर फर्केका रविलाल पन्थ , रिडीमा मोवाईल पसल सञ्चालन गरे पनि कृषि र प्रविधिको क्षेत्रमा दखल राख्ने उजिर खान र युवाहरुको कृषि अभियानलाई पछ्याई रहेको बताउने रिडीका पाका व्यक्ति यमनारायण भट्टराई लगायतका १४ जनाले वालुवामा तरकारी खेती गरेर देशैभर सन्देश दिने बताउँछन् ।
बाहिर बगर भए पनि तल डोव खन्दै जाँदा उर्वर माटो भएकोले परिक्षणको रुपमा तरकारी खेती सुरु गरिएको र जोखिम मोलेरै भए पनि वालुवामा कृषि उत्पादनको सन्देश दिन त्यसरी खेती गर्न सुरु गरिएको उजिर खान बताउँ छन् । उनले आफुहरुको यो अभियानलाई रुरु गाउँपालिकाले पनि सहयोग गर्न अपिल गरेका छन् । कुल क्षेत्रफलमा ४ सय २४ वोट करेला रोपेका उनिहरुले एउटै वोटबाट १५ देखि २० किलो सम्म करेला उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
करिव ८ टन करेला उत्पादन गरेर साढे तिन महिना पछि करिव ५ लाख सम्म आम्दानी लिने सोच राखेका छौं , खानले भने हामी त्यसमा सफल भयौं भने आगमी दिनमा अरु क्षेत्रफलमा वृहत तरकारी खेती सुरु गर्ने छौं ।
२०७२ सालको रिडी माघे सक्रिन्ती मेला तथा कृषि प्रदर्शनीमा एउटै वोटमा २ सय २७ दाना गोलभेडा फलाएर उत्कृष्ट युवा कृषकका रुपमा पुरस्कृत भएका प्रेम भण्डारीले मलेशियाबाट फर्केपछि गाउँमै केहि गरौं भन्ने सोच राखेर व्यवसायीक कृषि खेत गर्दै आएको बताए । उनले आधुनिक मेशिनबाट डोव खन्ने कार्यको जिम्मा लिएका छन् । अन्य मध्ये कसैले डोवहरुमा मल राख्ने कसैले विउ रोप्ने त कसैले सिंचाई गर्ने गरेका छन् ।
पम्प मार्फत खोलाको पानी तिन सय मिटर भन्दा लामो एउटै पाईपद्धारा थोपा सिंचाई उनिहरुले गरेका छन् । उनिहरुको पौरखीपन देख्दा त्यहाँ पुग्ने जो कोहिलाई आफुले पनि कृषि क्षेत्र मै केहि गरौं भन्ने उत्प्रेरणा जाग्छ । कोरियाबाट फर्केर गत ३ वर्ष देखि रिडी बजारमा दुग्ध व्यवसाय सुरु गरेका रविलाल पन्थले आर्थिक रुपमा जोखिम मोलेरै भए पनि वालुवामा नमुना तरकारी खेतीको सन्देश दिन लागिएको बताउँ छन् ।
विदेशबाट फर्के पछि गत केहि वर्ष यता ‘ नजाउ अव खाडीमा , खुशी संगै पैसा खोजौं हाम्रै पाखा हाम्रै वारीमा’ भन्ने नारा सहित पशुपालन र दुग्ध व्यवसायी गरिरहेका पन्थले वालुवामा तरकारी उत्पादनको आफुहरुको लक्ष्य सफल भए अन्य जमिनहरु खेजेर बृहत तरकारी खेती गर्ने बताउँ छन् । रिडी कै पाका व्यक्ति यमनारायण भट्टराई कृषि उत्पादनमा युवाहरुको अभियानबाट आफु उत्साहि भएर उनिहरुलाई पच्छाई रहेको बताउँ छन् ।
उनि पनि युवाहरुले भन्दा अझ जोसका साथ तरकारी फर्ममा काम गरिरहेका छन् । अशिना पसिना भएको भट्टराई भन्छन्–‘ सुरुमा मुनाफा लिने भन्दा पनि वालुवामा तरकारी खेत गर्न सकिन्छ कि सकिदैन भन्ने परिक्षण हो र अन्य स्थानका युवाहरुलाई एउटा सन्देश दिन थालिएको हो , सफल हुने कुरामा म आशावादी छु । रिडीका सञ्चारकर्मी सुन्दर कशाजुले उनिहरुको उक्त कार्यलाई निकै प्रोत्साहित गरी रहेका छन् ।
उनि पनि भन्छन्–‘ यो एउटा नमुना र देशैभर सन्देश दिने कार्य हो , साढे तिन महिना पछि यो मरुभुमि जस्तो सुख्खा वगरमा हराभरा तरकारी फलाएको दृश्य लिन ठुलाठुला राष्ट्रिय सञ्चार माध्यमलाई समेत लोभ लाग्ने छ र धेरै सञ्चारकर्मी यहाँ आउने छन भन्ने मैले अपेक्षा लिएको छु । ’