Sorry, that menu does not exist.
 

मेयर कप फुटबल प्रतियोगिता सम्पन्न : पोखरा-लेखनाथलाई १-० ले पराजीत गर्दै वालिङ प्रथम !

किरण आचार्य, बागलुङ २०७४ माघ २१ । बागलुङ नगरपालिकाको आयोजनामा संचालित प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबलको उपाधि स्याङजाको वालिङ नगरपालिकाले चुमेको छ । आईतबार बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको फाईनल खेलमा पोखरा लेखनाथ महानगरपालिका कास्कीलाई १–० गोल अन्तरले पराजीत गर्दै वालिङले उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको एक मात्र गोल वालिङका सफल थापाले खेलको पहिलो एक मिनेटमै गरेका थिए । वालिङ नगरपालिका स्याङजाले उपाधिको ट्रफि सहित नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त ग¥यो भने उपाविजेतामा चित्त बुझाएको पोखरा लेखनाथ महानगरपालिकाले ट्रफि सहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥यो ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वालिङका गोलरक्षक राजाबाबु थापा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । उनले प्रतियोगितामा कुनै गोल खाएनन् । यस्तै उच्च गोलकर्ता पोखरा लेखनाथका भीषण गुरुङ, उत्कृष्ट स्ट्राईकर पोखराका विजय श्रेष्ठ, मिडफिल्डर पोखराका टंक प्रसाद गुरुङ, उत्कृष्ट रक्षपत्ति पोखराका लक्ष्मण जिसी, उत्कृष्ट गोलरक्षक पोखराका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक वालिङका प्रशिक्षक केशर थापा र अनुशासित टिम व्यास नगरपालिका तनहुँ घोषित भएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले जिल्लाको खेलकुद विकासका लागि नगरपालिकाले गरेको कार्यक्रम स्रह्रानीय रहेको भन्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सल्लाह दिएका थिए । कार्यक्रम बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको अध्यक्षता र जिल्ला फुटबल संघका उपाध्यक्ष रेशम गोतामेको सञ्चालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply