Sorry, that menu does not exist.
 

ताराखोला स्रोत केन्द्र भित्रका बिद्यार्थीहरुवीच विभिन्न प्रतियोगिता गरिने

पूर्णभद्र निउरे, ताराखोला २०७४ माघ २१ । ताराखोला स्रोतकेन्द्र भित्रका प्रधानाध्यापकहरुको नियमित मासिक बैठक आईतबार सम्पन्न भएको छ । बैठकले ताराखोला स्रोत केन्द्र भित्रका बिद्यार्थिहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले आगामी फागुन १६ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । जस अन्तरगत प्राथमिक तह ३(५ कक्षा को हाजिरी जवाफ प्रतियोगिता, आधार् भुत तह ६(८ को चित्रकला प्रतियोगिता र माध्यमिक तह ९(१२ कक्षा को सामुहिक नृत्य र बादबिबाद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको ताराखोला स्रोत केन्द्रका स्रोत ब्यक्ति डिल्ली प्रसाद शर्माले जानकारी दिए ।

कार्यक्रमलाई ब्यबस्थित गर्न नईन्द्र गुरुङको संयोजकत्वमा हाजिरी जवाफ तथा सामुहिक नृत्य प्रतियोगिता संचालक तथा ब्यबस्थापक समिती, नेपाल मा बि ताराका शिक्षक रामलाल सुवेदीको संयोजकत्वमा बादबिबाद , मालारानी आधारभुत बिद्यालयका शिक्षक कमल घर्तीको संयोजकत्वमा चित्रकला प्रतियोगिता संचालन तथा ब्यबस्थापक समिती र अर्गल प्रा बि अर्गलका प्र अ टोप बहादुर रोकाको संयोजकत्वमा पुरस्कार ब्यबस्थापक समिती गठन गरेको छ ।

त्यसै गरि स्रोत केन्द्र भित्रको आधारभुत तहको अन्तिम कक्षा ८ को बार्षिक परिक्षा संचालनका लागि ताराखोला गाउ पालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषालको अध्यक्षतामा परिक्षा समिति समेत गठन गरिएको छ । समितीको सदस्यहरुमा भिम बहादुर रोका, टेक बहादुर घर्ती रेशम सुब्बा र सदस्य सचिबमा ताराखोला स्रोत केन्द्रका स्रोत ब्यक्ती डिल्ली प्रसाद शर्मा रहेका छन् ।

यसै गरि ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, नईन्द्र गुरुङ र हरि प्रसाद पौडेललाई सल्लाहकार समितीमा राखिएको छ ।

त्यस्तै बैठकले शैक्षिक सत्र २०७४ को बार्षिक परिक्षा आगामी फागुन २८ गते देखि संचालन गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला शिक्षा कार्यालय बागलुङका प्रतिनिधि तथा ताराखोला स्रोत केन्द्र का स्रोत ब्यक्ती डिल्ली प्रसाद शर्माले जिला शिक्षा कार्यालय बागलुङका कार्यक्रम तथा निर्देशनका बारेमा जानकारी गराएका थिए। बैठक स्रोत ब्यक्ती शर्मा को संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply