Sorry, that menu does not exist.
 

जनतासंग भएको श्रम र सिपलाई पूँजिमा परिणत गर्न प्रोत्साहन गरौ

बागलुङ, २०७४ माघ २१ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले जनतासंग भएको श्रम र सीपलाई व्यवस्थित गराउदै पूँजिमा परिणत गर्नका लागि राज्यले सहजीकरणको भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् ।

बागलुङको काठेखोला गाउँपालिका वडा नंं ७ रेशले आइतवार आयोजना गरेको एक दिने वचतका लागि सहकारी अभियान विषयक प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राज्यले लिएको समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि जनताको आयस्तर माथि उठाउन जरुरी रहेको भन्दै उनले जनतासंग भएको श्रमलाई सीपमा र सीपलाई पूँजिमा परिणत गर्न आवश्यक रहेको बताए ।

विकासका लागि साझेदारीमा जोड दिदै उहाँले सरकार, सहकारी र नीजि क्षेत्रबीच सहकार्य गरेर जनतालाई आयात रोक्ने र निर्यात बढाउने खालका कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिए ।

सानो सानो बचत जम्मा गरेर धेरै ठुला ठुला काम गर्न सकिने भन्दै उहाँले एक जना व्यक्तिले १ महिनामा १ सय वचत गर्ने र वार्षिक रुपमा उक्त वचतमा १२ प्रतिशत व्याज दिदै जाने हो भने ५० वर्षमा २८ लाख ७९ हजार १ सय ५९ रुपैया हुने जानकारी गराए ।

कार्यक्रममा काठेखोला ७ का वडा अध्यक्ष प्रेम लामिछानेले जनतालाई आफ्नो लागि आफै उत्पादन गरी खाने बनाउन र विस्तारै विक्री वितरण समेतको व्यवस्था गर्नका लागि पहिला सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा सचिव होमनाथ पौडेल, तालिमका सहभागीहरु कमला गौतम र हिराबहादुर कार्कीले आम्दानी बढाउने तथा खर्च घटनाएर वचत गर्न सके भविष्यमा कसैको भर पर्न नपर्ने भएकाले सबैले वचत गर्ने बानीको विकास गर्नु पर्नेमा जोड दिए ।

सो वडामा रहेका विभिन्न ४ वटा सहकारी संस्थामा आवद्ध सहकारीकर्मीहरु र रेश नुन्थला माध्यमिक विद्यालयका विद्यार्थीहरु सहित ५० जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीको महत्व, वचत गर्ने तरिका र त्यसबाट हुने फाइदा, नेतृत्व र क्षमता विकास लगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रम वडा अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता, काठेखोला गाउँ कार्यपालिकाका सदस्य शारदा थापाको स्वागत र रिता जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply