Sorry, that menu does not exist.
 

नसर्ने रोगको रोकथाम सम्वन्धी अभिमुखीकरण : विश्वमा ८० प्रतिशत मृत्यु नसर्ने रोगबाट !

बागलुङ २०७४ माघ २२ । जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङले आईतवार आयोजना गरेको नसर्ने रोगको रोकथाम सम्वन्धी अभिमुखिकरण कार्यक्रममा प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीले नेपालमा २२ प्रतिशत मुटु सम्बन्धि रोगी, ३ प्रतिशत मधुमेह, १३ प्रतिशत क्यान्सरबाट ग्रसित रहेको जानकारी दिए। उनले १८ हजार ६ सय कुल मृत्युदर मध्य ६० प्रतिशत नसर्ने रोगको कारण रहेको पनि उल्लेख गरे । तिवारीले दक्षिण पूर्वी एसियामा एक चौथाई बयस्कहरु उच्च रक्तचापबाट ग्रसित देखिएको खुलास समेत गरे ।

कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.सागर राजभण्डारीले नेपालीहरुमा स्वास्थ्य सम्बन्धि चेतना बृद्धि हुन नसकेको भन्दै नसर्ने रोगको न्युनिकरणका लागि खानपान तथा स्वास्थ्य परिक्षणमा ध्यान दिनुपर्ने बताए । प्रत्यक व्यक्तिले समय समयमा स्वास्थ्य जाँच गर्न आवश्यक रहेको उनको सल्लाह थियो । डा राजभण्डारीले औषधी कम्पनिहरुले डाक्टरहरुलाई यो यो औषधी सिफारिस गरिदिन प्रलोभन देखाउने गरेको पनि बताए ।

सो अभिमुखीकरण कार्यक्रममा विश्वमा ८० प्रतिशत मृत्यु, नसर्ने रोगबाट हुने गरेको त्यसमा पनि ८२ प्रतिशत मृत्यु निम्न आयस्रोत भएका देशहरुमा हुने गरेको तथ्याङक सार्वजनिक गर्दै स्वास्थ मन्त्रालयले सन २०२५ सम्ममा नसर्ने रोगको मृत्युदर २५ प्रतिशतमा झार्ने लक्ष्य राखेको जानकारी दिईएको थियो । कार्यक्रममा बिकसित देशमा भन्दा मृत्यु बृद्धिदर अबिकसित देशमा बढीरहेको तथ्यांकले देखाएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल श्रीसले पनि बोलेका थिए भने सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले गरेका थिए ।

तस्बीर- किरण आचार्य

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply