Sorry, that menu does not exist.
 

बागलुङ जिल्लामा आगामी फागुनमा २ लाख ५७ हजारलाई हात्तिपाईले बिरुद्धको औषधी खुवाईने !

कोपिला कंडेल, बागलुङ, २०७४ माघ २३ । बागलुङ जिल्लामा आगामी फागुन दोस्रो साता नवौ चरणको हात्तिपाइले रोग निवारण सम्बन्धी अभियान संचालन हुदैछ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले आज सदरमुकाममा राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान सम्वन्धि जिल्ला स्तरिय जनचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरी आगामी फागुन १२ गते देखी जिल्लाभर हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाईने जानकारी गराएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषालले सरकारको हात्तिपाईले निवारण अभियानलाई निवारण गर्न र आफ्नो सबल स्वास्थ्यका लागि स्थानिय तह सम्म हात्तिपाईले रोग निवारणको औषधी सेवन अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले यो अभियानलाई सफलता पुर्बक सम्पन्न गर्नका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोगी भुमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले आगामी फागुन १२ गते बुथ राखेर सामुहिक रुपमा औषधी सेवन गराईने र १३ र १४ गते छुटेका लाई सेवन गराईने कार्यक्रम रहेको जानकारी दिए ।

यसबर्ष जिल्लामा २ लाख ५७ हजारलाई हात्तिपाईले बिरुद्धको औषधी सेवन गराउने लक्ष रहेको धौलागिरी अंचल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन डा. सागर राजभण्डारीले बताए । कुष्ठ रोग पछि धेरै अपाङ्ग बनाउने रोग हात्तिपाइले भएकाले यसको निदानका लागि सबै लाग्नुपर्ने उनको भनाई थियो ।

२ बर्ष मुनीका केटाकेटी, गर्भवती एबं सात दिन भित्रका सुत्केरी आमाहरु, सिकिस्त बिरामी, क्यान्सर मुटुरोगी, कलेजोका रोगी, मृगौला रोगी, फोक्सोका दीर्घरोगी, छारे रोग लागेका बिरामी र कडाखाले कुपोषणका रोगी बाहेक सबैले हात्तिपाईले निवारणको औषधी सेवन गर्नुपर्ने डा. राजभण्डारीले जानकारी दिए ।

अभियान सम्पन्न गर्नका लागि जिल्लाभरमा ४ सय ३१ स्वास्थ्यकर्मी र ९ सय ५० स्वयंसेविका सहित २१ सय १३ जना परिचालन गरिनेछ ।

कार्यक्रममा जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले बिश्वका धेरै देशहरुमा अभियान सफल भएर हात्तिपाइले निवारण भइसकेको जानकारी गराउदै नेपालमा पनि अन्तिम चरणमा अभियान सञ्चालन हुन लागेकाले सबैले सबैलाई सहभागी हुन आग्रह गरे ।

औषधी सेवन गर्दा सरीरमा हात्तिपाईलेको जिवाणु भएकालाई सामान्य पेट दुख्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, सरिर दुख्ने, पखला लाग्ने, अल्छी लाग्ने लगायतका सामान्य असर देखिएपनि एक दिन भित्रनै यस्ता असर आफै हराएर जाने जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन चुडामणी कंडेलले बताए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका तेजप्रसाद न्यूरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply